बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

माघीमा सफा वसपार्क र तिन टोल

  • प्रकाशित मिति : शुक्रबार, माघ ७, २०७३



  • गोविन्द खड्का, दाङ । ओहर दोहरको घुईचो उज्यालो नहुदै देखि रात नपर्दा सम्म निरन्तर चल्यो । बाह्रकुने मेला जानेहरुको लस्कर चियो गर्दा घोराही १० वसपार्कका सरसफाई निरीक्षक हर्क बहादुर वली भोकै बस्नुभयो । ‘त्यसदिन खानै खाईन हजुर’, विरालोले मुसो जस्तै कुरेर बसेका निरीक्षक वलीले थप्नुभयो, ‘ घर बाट खाना खान आ भने पनि का“ जाने तो ? सिठि मारेको मार्‍यै गर्नुपर्‍यो ’ निरीक्षक वलिका लागि माघिको दिन झन् तनाव भयो ।

    किन भने ध्यान फोहर खसाल्नेहरुमा केन्द्रित गर्नुपर्‍यो । खानपिन, पाहुना पाछि र अन्य सवालमा मन गएन । त्यसले गर्दा प्लाष्टिकको सोत्तर यसपटक देखिएन । वलिका अनुसार गाडिहरुले निकै कम फाले । त्यसको कारण उनिहरु सचेत भएका छन् । केहिले जरिवाना तिरेका छन् कतिले खसालेको फोहर उठाएका छन् ।

    निरीक्षक वलिले काम सम्हालेको माघ ११ मा दुईमहिना पुग्दैछ । पचास दिन बढिको अनुभवमा वलिले  खराव काम घोराही बजारकोले गरेको सुनाउनुभयो । ‘यहि काले म संग वाद विवाद गर्छन् ।’ उहाले थप्नुभयो ‘कुन सरकाले गरेको हो ? कहिले बाट लागु भयोे भनेर उल्टो सुल्टो सोध्छन् ।’ उहाका अनुसार कुराले मिच्न खोज्छन व्यवहार भने  घिनलाग्दो देखाउछन् ।
    उ“धो र उभो गर्नेहरुले खसाल्न पाएनन् । उहाका अनुसार  केहिले खसाले पनि टिपे । टिपियो ।

    सबै भन्दा सजिलो भारतीय तिर्थ यात्रीलाई सम्झाउनु रह्यो । तिनिहरुको टिममा मुख्य मान्छे हुने रहेछ । जरिवाना तिर्नु पर्छ फोहर नगर्नु । होटलमा बस्ने खाने खर्च हराउला भनेपछि बुझ्यो । साना साना टुक्राहरु पनि डस्टिविनमा खसाल्यो ।  ‘त्यो सभ्यता मा रहेछ । धेरै भन्नेहो भने आफु पनि नेपाली परियो । असभ्य र फोहरी हाम्रै भेटिए ।’ घर अगाडि चिटिक्क देखाउने पछाडि तिर फोहरको डंगुर थुपार्ने, त्यसको गन्ध घर भित्र पसेको थाह नपाउने बानि छ ।

    ‘यो संघर्ष जारी रहन्छ हजुर’ उहाले थप्नुभयो, ‘पुर्व मेचि देखि पश्चिम महाकाली सम्मकाले सोध्दैन । अबुझ हाम्रै दाजुभाई छन् ।’
    यसो त घोराही १० कै गौतम नगर, अस्पताल र पिपल बुटा टोलमा पनि यस पटकको माघि सफा देखियो । त्यस क्षेत्रका वासिन्दाले फरक पनको अनुभव गरे । ‘दिउसो तिर अलि बढि मान्छे हिडेको थिए’ सरसफाइ चौकिदार दल बहादुर नेपालीले भन्नुभयो, ‘अफ्ठेरो पारिनन् ।’

    केहि महिना देखि लगातार चोकिदारीमा खटिएका नेपालीले धेरै फरक पनको अनुभव गर्नुभएको छ । लुकि छिपि सडकमा फोहर फाल्नेहरुले पनि चेति सकेका छन् । यहा प्रवेश गर्दा कार्वाहि हुन्छ भन्ने धेरैले बुझिसकेका छन् । त्यसमा टेम्पो, रिक्सा, अटो लगाएत यातायातका साधन सबै जानकार छन् । उनिहरुले फोहर फाल्न छोडेपछि धेरै परिवर्तन आएको नेपालीको भनाई छ ।

    भित्री फोहरको भने अझै चिन्ता घटेको छैन । सबै भन्दा फोहर डाक्टरका क्वार्टरवाट निश्किएको टोलवासि बाताउछन् । त्यस पछि फोहर गर्ने मेडिकलहरु भेटिएका छन् । डाक्टरले फोहर व्यवस्थापन गर्न जानेको रहेनछन् अस्पताल टोलविकास संस्थाका अध्यक्ष चित्रकान्त आचार्यले भन्नुभयो, मेडिकल र डाक्टरका क्वार्टर सफा भए अरु समस्या छैन ।’ उहाका अनुसार अरु क्षेत्रमा चौकिदार राखेपछि सुधार भएको छ ।

    दशैतिहार लगाएतका चाडपर्वमा पनि खास्सै समस्या देखिएन । सरसफाई चौकिदारलाई अझै लामो समय सम्म काम दिने अनौपचारीक छलफल भएको छ ।
    सिंगै वडा सफाइको आधार बस पार्क र तिन टोल बनेको वडा सरसफाइ समितिका संयोजक शक्तिराम डागिले बताउनुभयो । उहाका अनुसार यस पटक माघिको दिन पहिलो पटक सेवार खोला नया वसपार्क सफा देखियो । साना तिना कचेरा समेत गलेको थिएन । यसलाई टोलवासीले अचम्म लाग्दो दृश्यका रुपमा लिएका छन् ।

    सरसफाइमा ठुलो प्रगति भएको ठहर गरेका छन् । तिन टोलमा सरसफाई कर्मचार िखटाईएको छ । फोहर टोलहरुले यसलाई अनुसरण गरे सिंगै नगर सफा हुन्छ । नभने सम्म न चेत्ने मानविय खराब सोचाईका कारण समस्यपा आएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij