प्रकाशित मिति : शुक्रबार, माघ ७, २०७३
सागर ओली , दाङ । नेकपा मावोबादीद्वन्दको बेला कब्जा भएका जग्गाको लागि नेपाल संस्कृत बिश्व बिद्यालयको केन्द्रीय कार्यालयले देउखुरीमा रहेको १२३६ बिगाहा र दाङमा रहेको केहि अव्यवस्थित जग्गाको ब्यबस्थापनको लागि दाङ र देउखुरी दुईवटा समिति बनाएको छ ।
दाङको जग्गा ब्यबस्थापनको लागि प्रा रमेश प्रशाद ढ्कालको संयोजकत्वमा प्रमुख राजनैतिक दलहरूको जिल्ला प्रमुखहरु रहेकोे समिति छ भने बिश्व बिद्यालयका कुलसचिब प्रा कार्तिकेय झाको संयोजकत्वमा रहेको समितिमा माथि कै राजनैतिक दलका ब्याक्तीत्वहरु रहेका छन ।
यहि माघ ५ गते बिश्व बिद्यालयका उपकुलपतिको अध्यक्षतामा दाङका प्रमुख जिल्ला अधिकारी,मालपोत अधिकृत,भुमिसुधार प्रमुख र नापी प्रमुखको बैठकले देउखुरी जग्गाको लगत संकलन गर्ने काम आगामी बिहीबारबाट गर्ने भनी पास गरेर लगत संकलनको नमुना पत्र पनि पास गरेको कुरा बिश्व बिद्यालयका उप कुलपति प्रा डा कुल प्रसाद कोइरालाले जानकारी दिनुभएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij