प्रकाशित मिति : शुक्रबार, माघ ७, २०७३
शिव राज खनाल ( एस. के . डेबिट ) , दाङ । लमहीको रातो डाडाँमा रहेको तौलपुल परिसरबाट उत्पन्न हुने धुलो अब छिट्टै नियन्त्रण गरिने भएको छ । धुलो नियन्त्रणका लागी तौलपुल परिसर वरपर आरसिटि ढलानको प्रक्रियालाई अब तत्काल अगाडी बढाईने ट्रक ब्याबसायि समितिका बरिष्ठ उपाध्यक्ष रमेश केसिले जानकारी दिनुभएको छ । तौलपुल निर्माण भई सचालनमा आएको ढाई बर्ष पछि पुलको पार्किङ स्थल ढलान गरिने भएको हो ।
दैनिक २देखि ढाईसय सम्म मालबाहक सवारीका साधनहरुको तौल हुने तौलपुलको परिसर कच्ची हुदा यस क्षेत्रका सर्बसाधारण नागरिक सहित बाटोमा हिड्ने यात्रुहरुपनि लामो समय देखि धुलाम्य हुन बाध्य भएका छन् ।
१२ चक्के देखि ६ चक्के सम्मका मालबाहक सवारि साधनको तौल लिन आउने मुख्य स्थान कच्चीहुदा सर्ब साधारण नागरिक र सो स्थान वरपरका बासिन्दाहरुमा धुलोले प्रत्यक्ष असर पार्न थाले पछि पटक पटक भएको छलफलबाट पुल परिसर ढलान गर्ने तयारिमा लागेको तौलपुल समितिका कार्यालय प्रमुख नारायण जिसिले जानकारी दिनुभएको छ ।
पुल परिसरको आरसिटि ढलानका लागी भोलि समितिको बैठक बस्ने र भोलि नै टेन्डर आब्हान प्रक्रीयाबाट कार्य अगाडी बढाउने योजना रहेको बरिष्ठ उपाध्यक्ष रमेश केसिले बताउनुभयो । गर्मी याममा ठुलो भार क्षमताको गाडीले निकाल्ने धुलो र हावाले लमही रातोडाडाको बस्ति नै जोखिममा पर्ने सम्भाबना रहेपछि गत बर्ष यस क्षेत्रका सर्ब साधारण नागरिकले धुलो नियनत्रणको माग गर्दे जिल्ला प्रशासन कार्यालय दाङमा डेलि गेसन समेत गरेका थिए ।
मानब स्वास्थ्यमा पर्न सक्ने गम्भिर असरलाई ख्याल राख्दै समितिले यो बर्ष उक्त परिसरको ढलान गर्ने योजनालाई प्राथमकितामा राखेको समितिका कर्मचारी गौरब आचार्यले जानकारी दिनुभएको छ । उक्त तौलपुलबाट ८० हजार किलो सम्मको तौल एकै पटक लिन सकिन्छ । टेण्डर प्रक्रियाबाट ढलान गरिने त्यसका लागी समितिको भोलि शनिबार नै बैठक बस्ने कार्यालय प्रमुख नारायण केसिले जानकारी दिनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij