प्रकाशित मिति : शनिबार, माघ ८, २०७३
काठमाड । चलचित्र छक्कापन्जा पाइरेसी प्रकरणमा एक युवाले आत्महत्या गरेसँगै विवादमा तानिएका कलाकार दीपराज गिरी शुक्रबार स्वदेश फर्किएका छन् । उनी सोही फिल्म प्रदर्शनका लागि युरोप पुगेका थिए ।
नेपाल फर्किएसँगै उनले आफूले घटनाको छानबिनको लागि प्रहरीमा उजुरी दिने बताएका छन् ।
फिल्म पाइरेसी आरोप लागेका नवलपरासीको कावासोती घर भएका २३ वर्षे कृष्ण सुवेदीको आत्महत्या गरेपछि उनी विवादमा तानिएका हुन् । मृतकका परिवारले सुवेदीको हत्या भएको दाबी गरेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij