बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

पर्वत महोत्सवको पूर्वसन्ध्यामा कालीगण्डकी नदी सरसफाइ

  • प्रकाशित मिति : आइतवार, माघ ९, २०७३



  • पर्वत । पर्वत उद्योग वाणिज्य सङ्घले महोत्सवको प्रचार गर्न कालीगण्डकी नदी सरसफाइ गरेको छ ।

    महोत्सवका अवसरमा दैनिकजसो ¥याफ्टिङ (जलयात्रा) समेत व्यवस्था गरिएकाले शनिबार पर्वतको खनियाँघाटदेखि नयाँपुलसम्म सरसफाइ गरिएको हो ।

    जिल्लाका सांसद, राजनीतिक दलका प्रमुख, कार्यालय प्रमुखहरु, उद्योगी, व्यवसायी, पत्रकारलगायतको सहभागितामा कालीगण्डकी नदी सरसफाइ तथा डस्टविन राख्ने काम सम्पन्न भएको पर्वत उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

    यही माघ १३ देखि २२ गतेसम्म सञ्चालन हुन लागेको पर्वत महोत्सवको पूर्वसन्ध्यामा शनिबार चारवटा बोटमा ¥याफ्टिङ गरिएको हो ।

    पर्वतको नाग्लीवाङस्थित खनियाँघाटदेखि पाङको नयाँ पुलसम्मको झन्डै पाँच किलोमिटर दूरीमा ¥याफ्टिङ गरेर सरसफाइ गरिएको आयोजकले जनाएको छ । लामिछानेका अनुसार चारवटा बोटमा ४५ जनाले ¥याफ्टिङ र सरसफाइमा सहभागिता जनाएका थिए ।
    कालीगण्डकी नदीमा असोज पहिलो सातादेखि मङ्सिर दोस्रो साता र फागुन पहिलो सातादेखि जेठको दोस्रो सातासम्म ¥याफ्टिङका लागि सयाँै विदेशी आउने गरेका छन् । पर्वत उद्योग वाणिज्य सङ्घले पर्वतको पर्यटन प्रवद्र्धनको मुख्य केन्द्र नै कालीगण्डकी नदीमा याफ्टिङ भएको भन्दै महोत्सवमा एल्लो स्विसा कम्पनीसँग सम्झौता गरी ¥याफ्टिङको व्यवस्था मिलाएको पर्वत उद्योग वाणिज्य सङ्घका उद्योग उपाध्यक्ष शिव शर्मा पौडेलले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij