बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

भारतमा रेल ट्र्याकबाट बाहिरियोः २३ को मृत्यु, सयभन्दा बढि घाइते

  • प्रकाशित मिति : आइतवार, माघ ९, २०७३



  • भारतको आन्ध्र प्रदेशको विजयनगरम जिल्लाको कुनेरु स्टेशन नजिकै हिराखण्ड एक्सप्रेशको आठवटा डिब्बा शनिबार अबेर राती ट्र्याकबाट बाहिरिएपछि २३ को मृत्यु भएको छ भने सयभन्दा बढि घाइते भएका छन् ।

    दुर्घटना ओडिशाको रायगढाबाट २४ किलोमिटर टाढा भएको हो । मृत्यु हुनेको संख्या वृद्धि हुनसक्ने आशंका गरिएको छ ।

    हिराखण्ड एक्सप्रेश जगदलपुरबाट भुवनेश्वर जाँदै थियो । दुर्घटना भएको स्थान माओवाद प्रभावित इलाका भएको बीबीसीले बताएको छ ।

    घाइतेलाई रायगढाको अस्पतालमा भर्ना गरिएको छ । भारतीय रेलवेले आफ्नो ट्वीटर ह्यान्डलमार्फत हेल्पलाइन नम्बरको जानकारी दिएको छ ।

    दुर्घटनाको जानकारीपश्चात् आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबू नायडूले ट्वीट गरे, ‘विजयनगरम नजिकै रेल दुर्घटनाको बारेमा थाहा पाउँदा निकै दुखी भएको छु । हामी उक्त दुर्घटनामा निकै संवेदनशील भएको छौं र हरसम्भव मद्दत गरिरहेका छौं । दुर्घटनामा मारिएका परिवारप्रति मेरो समवेदना छ । हामी दुर्घटनाको कारण बारे अनुसन्धान गरिरहेका छौं ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij