आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

धोबीखोला कोरिडोरमा सडक कालोपत्र अलपत्र

  • प्रकाशित मिति : आइतवार, माघ ९, २०७३



  • एउटै निर्माण व्यवसायीले ढल बिच्छ्याउने र सडक कालोपत्र गर्ने काम नपाउँदा रुद्रमती (धोबीखोला) कोरिडोरको चार किमी सडक कालोपत्र गर्ने काम अलपत्र छ ।

    सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले ढल बिच्छ्याउने र काठमाडौँ उपत्यका विकास प्राधिकरणले सडक कालोपत्र गर्ने जिम्मेवारी पाएपनि काम सम्पन्न हुन सकेको छैन । प्राधिकरणका विकास आयुक्त डा भाइकाजी तिवारी ढल बिच्छ्याइरहेको निर्माण व्यवसायी कम्पनी कान्छाराम जेभीले सडक कालोपत्र गर्ने ठेक्का नपाउँदा काममा ढिलाइ गरेको आरोप लगाए।

    “कोरिडोरको भङ्गालदेखि शङखमूलसम्मको १८ किमीमध्ये चार किमी सडक कालोपत्रका लागि गत वर्ष नै ठेक्का आह्वान गरी समानान्तर निर्माण व्यवसायीलाई जिम्मेवारी दिइएको छ । सडक कालोपत्र गर्न ढल ओछ्याइसक्नुपर्ने कान्छाराम निर्माण व्यवसायीले काम नसक्दा चैतसम्मको समय थप गरेका छौँ”– उनले भने।

    समितिले रु ३२ करोडको लागतमा नदीको दायाँबायाँ दुवै किनारमा ढल राख्ने काम गरिरहेको छ। समितिका आयोजना प्रमुख राजेशप्रसाद सिंह भने प्राधिकरणलाई एक हप्ताअघि नै विधिवत् रुपमा नदीको पूर्वी भागमा ढल राख्ने काम सम्पन्न गरी सडक कालोपत्र गर्न हस्तान्तरण गरिएको दाबी गरे।

    एउटै मन्त्रालयका दुई निकायका बीच समन्वय नहुँदा यो सडक निर्माणको काम अलपत्र बनेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij