बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

चिनी मिलबाट बिजुली निकाल्ने सरकारको योजना असफल

  • प्रकाशित मिति : सोमवार, माघ १०, २०७३



  • काठमाडौं  । चिनी मिलबाट बिजुली उत्पादन गरी आपूर्ति गर्ने सरकारको कार्ययोजना यस वर्ष असफल भएको छ । सरकारले यो सिजनबाट चिनी मिलबाट बिजुली खरिद गर्ने गरी गत आर्थिक वर्षमा नै तयारी गरेको खबर आजको कारोबारमा छ ।

    “चालू आवमा प्रशारणलाइन तयार नहुँदा चिनी उद्योगबाट उत्पादन हुने विद्युत् खरिद कार्ययोजना कार्यान्वयनमा आउन सकेन,” विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहले भने । उनका अनुसार यस सम्बन्धमा ऊर्जा मन्त्रालयमा छलफल भइरहेको छ ।

    अहिले नमुना सम्झौता (स्याम्पल कन्ट्र्याक्ट) मन्त्रालयबाट नेपाल विद्युत् प्राधिकरण पठाइएको छ,” सिंहले भने, “अझै केही समय लाग्ने भएकाले आगामी वर्षबाट यो कार्ययोजना सफल हुन्छ ।” यो योजनाका लागि ऊर्जासँगै उद्योग मन्त्रालयसँग पनि समन्वय गनुपर्ने भएकोले पनि यस वर्ष ढिलाइ भएको उनको भनाइ छ ।

    चिनी उद्योगको आग्रहमा सरकारले गत वर्षदेखि चिनी मिलबाट उत्पादन हुने विद्युत् खरिदको तयारी गरेको थियो । सरकारी समन्वयको कमीले गर्दा यस वर्ष पनि चिनी मिलबाट विद्युत् उत्पादन गर्न नसकिएको चिनी उद्योग संघका अध्यक्ष शशीकान्त अग्रवालले जानकारी दिए ।

    “सरकारले यसलाई प्राथमिकतामा राखेका कारण आगामी वर्षदेखि भने विद्युत् उत्पादन हुने सम्भावना देखिएको छ,” उनले भने, “तर त्यसका लागि अहिलेदेखि तदारुकताका साथ काम गर्नुपर्छ ।” अग्रवालका अनुसार उखु क्रसिङको समयमा ५० मेगावाटसम्म विद्युत् आपूर्ति गर्न सकिन्छ ।

    देशभर सञ्चालनमा रहेका ११ वटा मिलबाट आगामी वर्षमा २५ मेगावाटसम्म र त्यसपछिका प्रत्येक वर्ष विद्युत् आपूर्ति बढाउँदै लगिनेछ । “अझ थप केही पूर्वाधार सुधार र उल्लेख्य लगानी गर्ने हो भने दुईदेखि चार वर्षभित्र ६३–८७ मेगावाट (वार्षिक २६ करोड युनिट) विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध हुन सक्छ,” अग्रवालले भने ।

    सुख्खायाममा उत्पादन हुने विद्युत्ले सरकारले राहत हुने भन्दै सम्पूर्ण प्रक्रिया छिटो पूरा गर्न उद्योगीले सरकारलाई आग्रह गर्दै आएका छन् । सरकारले गत वैशाखमा उखु क्रसिङको समयमा उखुको बोक्राबाट उत्पादन हुने विद्युत् आपूर्तिका उद्योगसँग आवदेन माग गरेको थियो । ७ वटा उद्योगले आवेदन दिएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij