प्रकाशित मिति : सोमवार, माघ १०, २०७३
ललितपुर । ललितपुर मलमा रहेको ललितपुर मोवाइल कम्प्लेक्सले नयाँ बर्षको अवसर पारेर ‘प्रिजेन्टस् ललितपुर मोबाइल एक्सपो’ आयोजना गर्ने भएको छ । ग्राहकहरुलार्ई मोबाइल खरिदमा विभिन्न छुट र उपहारसहित नयाँ बर्षलाई उत्सवमय बनाउन माघ १४ देखि मेला आयोजना गर्न लागेको सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । 
माघ १४ देखि २२ सम्म हुने मेलामा ग्राहकहरुले विभिन्न ब्राण्डका सक्कली मोबाइल पाइने आयोजकले जनाएको छ । मेलामा स्मार्ट फोन, ग्याजेट, एसेसरिज तथा मोबाइल मर्मत सेवा समेत प्रदान गरिनेछ ।
जोप्पो प्रिजेन्टस् मोबाइल एक्सपो २०१७ मा जोप्पोको कलर एफ ५, हवावेको जिआर ५२०१७, सामसुङको सि नाइन प्रो, जियोनीको एस सिक्स एस, लाभाको ए३ कलर्सको पि ८५ लगायतका स्मार्टफोन विक्रिका लागि राखिनेछ ।
मेलामा एप्पलको आईफोन सेभेन तथा सेभेन प्लस मोबाइल महोत्सवका आकर्षण बन्ने आयोजकको विश्वास छ ।
मेला अबधिभरमा ३ लाख ग्राहकले अवलोकन गर्ने र ५ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।
ललितपुरको लगनखेलस्थित ललितपुर मलमा स्थापना भएको ललितपुर मोबाइल कम्प्लेक्स नेपालको पहलिो मल्टिब्राण्ड मोबाइल शोरुम बताइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij