बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

शुक्रराज ट्रपिकल अस्पतालमा स्रोत साधनको अभाव

  • प्रकाशित मिति : सोमवार, माघ १०, २०७३



  • काठमाडौ । सरुवा रोगको निदान गर्ने जिम्मेवारी पाएको एक मात्रै सरकारी अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोेग अस्पतालमा आधारभूत स्रोत साधनकै अभाव देखिएको छ ।
    अस्पतालले आधारभूत स्रोत साधनका अभावमा नयाँ–नयाँ रोगको चुनौतिको कामना गर्न कठिनाई भएको जानकारी दिएको हो । अस्पतालको ८३ औं स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अस्पतालका निर्देशक डा. रमेशकुमार खरेलले सरकारले अस्पतालका लागि आवश्यक स्रोत साधन जुटाउन सहयोग नगरेको गुनासो गरे ।
    डा. खरेलले भने,
    –सरुवा रोगको चुनौतिको सामना गर्न अनुसन्धान केन्द्र स्थापना गर्नुपर्ने सपना अझै पुरा हुन सकेन । – सरकारले अस्पतालका लागि यस वर्ष १२ करोड ६९ लाख ९९ हजार बजेट मात्रै छुटयायो यो अपुग छ ।
    – छुट्याएको बजेट रेविज रोगको रोकथामका लागि मात्र ठिक हुन्छ ।
    यसैबीच अभावकैबीच अस्पतालले आफनो स्थापना दिवसको अवसर पारेर सिटी स्क्यान सेवा विस्तार गरेको छ । सेवाको शुभारम्भ गर्दैै स्वास्थ्य राज्य मन्त्री तारामान गुरुङले अस्पतालले गुणस्तरीय सेवा दिने विश्वास व्यक्त गरे । मन्त्री गुरुङले नयाँ नयाँ सरुवा रोगको चुनौतिको सामना गर्न अस्पतालले प्रयास गर्दै जानेमा आफु विश्वस्त रहेको बताए ।
    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल सहिद शुक्रराज शास्त्रीको नाममा स्थापना गरिएको सरुवा रोग सम्बन्धि नेपालको सरकारी अस्पताल हो । अस्पतालले सरुवा रोगको चुनौतिको सामना गर्ने प्रतिवद्धता समेत जनाएको छ । इबोला, मर्स कोरोना भाईरस, बर्ड फ्लू, स्वाईन फ्लूजस्ता प्राण घातक सरुवा रोग नियन्त्रणका लागि सरकारले ठूलो धनराशी खर्च गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij