प्रकाशित मिति : सोमवार, माघ १०, २०७३
काठमाडौं । अञ्जली लामाले भारतको ल्याकमे फेसन विकमा नेपालकी पहिलो तेस्रोलिङ्गी मोडलको भाग लिने भनी नेपाललगायत भारत, बेलायतदेखि अमेरिकाले समाचार लेखेको थियो । बेलायत निवासी नेपाली मोडल र पहिलो अन्तर्राष्ट्रिय नेपाली मोडल वर्षा थापाले पनि डिजाइनर मोनिसा जेसिङले ल्याकमे फेसन विक समर/रिसोर्ट २०१७ को भव्य उद्घाटनमा र्याम्प वक गरे ।
यी दुई नेपाली मोडलले भेट हुनेबित्तिकै फोटो खिचेर आ–आफ्नो इन्स्टाग्राममा पोष्ट गरे । फोटोमा यी दुई बिना मेकअप देखिए । मोडल वर्षा थापाले भोग इन्डिया कभरका लागि फोटोसुट गरेर सन् २०१६ लाई बिदाई गरिन् ।
यी दुई नेपाली अन्तर्राष्ट्रिय र्याम्पमा हिँड्दा हामी नेपाली पक्कै पनि गौरवान्वित भएका छौं ।




© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij