आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मेलम्ची खानेपानी : सुरुङ मार्ग खन्न अब पाँच किमी मात्र बाँकी

  • प्रकाशित मिति : मङ्लबार, माघ ११, २०७३



  • चौतारा  । मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग खन्न अब पाँच किमी मात्र बाँकी रहेको छ ।

    सिन्धुपाल्चोकको हेलम्बु गाविसको अम्बाथानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङमध्ये हालसम्म २२.५ किमी. सम्पन्न भइसकेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराइले जानकारी दिनुभयो ।

    राजधानीवासीलाई आगामी २०७४ सालको बडादसैँ अगाडि खानेपानी वितरण गर्ने लक्ष्य छ । बाँकी ५ किमी सुरुङ पनि आउँदो असार÷साउन महिनासम्म सम्पन्न गर्ने लक्ष्य रहेको कार्यकारी निर्देशक भट्टराईले बताउनुभयो ।

    विभिन्न छ स्थानबाट सुरुङ खन्ने काम भएकामा सिन्धु अडिटदेखि सुन्दरीजलसम्मको ९ किमी सम्पन्न भइसकेको छ । हेलम्बु गाविसको मुहान रहेको अम्बाथानबाट ग्यालथुम अडिट र ग्यालथुमबाट सिन्धु अडिट गरी दुई स्थानको ५ किमि खुल्न बाँकी रहेको छ । हाल चार स्थानबाट दैनिक २० मिका दरले सुरुङ खन्ने काम भइरहेको छ ।

    अम्बाथानबाट खन्न लागिएको सुरुङ मार्गमा कमसल भूभाग निस्केको कारण बढी खन्न नसकिएको हो । कडा चट्टानको बदला ग्राभेल जस्तो कमसल ढुङ्गा निस्केको हँुदा सो भाग सकिएपछि दैनिक २५ मिसम्म खन्न सकिने कार्यकारी निर्देशक भट्टराईले बताउनुभयो ।

    त्यसैगरी लार्के र याङ्ग्रीबाट लगिने दोस्रो र तेस्रो चरणको डिजाइनको काम पनि सुरु गरिएको छ । डिजाइनको काम सकिएपछि बजेटको व्यवस्थाका लागि मन्त्रालयमा पेस गरिने र बजेट निकासा भएपछि काम सुरु गरिने भट्टराईले बताउनुभयो ।

    प्रथम चरणमा दैनिक १७ करोड लिट तथा दोस्रो र तेस्रोबाट थप ३४ करोड लि पानी लगिने आयोजनाको लक्ष्य रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij