बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

डीआईजीले अंग्रेजी नजानेपछि ३० देशका अगाडि नेपालको बेइज्जत

  • प्रकाशित मिति : मङ्लबार, माघ ११, २०७३



  • काठमाडौं । नेपाल प्रहरीले इन्टरपोलको २३ औं क्षेत्रीय सम्मेलन सफलताका साथ सम्पन्न गरेर देशको छवि माथि उठाएको छ । सम्मेलनमा आएका तीन देशका प्रहरी प्रमुख तथा अन्य ३० देशका एक सय ३३ प्रतिनिधिहरुले भव्यताकाा साथ सम्मेलन सम्पन्न गरेकोमा नेपालको प्रशंसा गरेका छन् ।
    त्यो भन्दा महत्वपूर्ण कुरा यो सम्मेलनमा दक्षिण एसियालाई सुरक्षित बनाउन महत्वपूर्ण निर्णयहरु गरेको छ । नेपाल प्रहरीले पनि आफ्नो केही महत्वपूर्ण एजेण्डाहरु प्रस्तुत गरेर आफूलाई अब्बल प्रमाणित गरेको छ ।
    तर सम्मेलनमा नेपाल लागूऔषध तस्करीको ट्रान्जिट बन्दै गाएको विषयमा भने कसैले चासो व्यक्ति गरेनन् । त्यस सम्बन्धी विषयवस्तु उठाउनुपर्ने निकाय नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो हो । ब्यूरोबाट तीन दिने सम्मेलनमा यो समस्याबारे कसैले पनि कुरा किन उठाएनन् भन्ने प्रश्न बुद्धिजीवीहरुले उठाएका छन्।
    नेपाल प्रहरीको लागू औषध ब्यूरोबाट खासमा कार्यपत्र नै प्रस्तुत हुनुपर्ने थियो । किनकि दक्षिण अमेरिकी देशमा उत्पादन हुने कोकिन नेपाल हुँदै विश्वका अन्य देशमा जाने गरेको छ । तर, ब्यूरोका प्रमुख रहेका डिआईजी जयबहादुर चन्दले यस विषयमा चासो दिएनन् । अंग्रजी भाषामा राम्रो नभएका कारण उनले यसमा चासो नदिएका हुन् ।
    बैठकमा अन्य देशले लागूऔषध तस्करीको विषयमा कुरा उठाउँदा पनि नेपालका प्रहरी अधिकारीहरुले त्यस विषयमा आफ्नो समस्या र राय राखेनन् । नेपाल पीडित हुँदै आएको अन्तराष्ट्रिय अपराधको एउटा महत्वपूर्ण विष्मा नेपालले आफ्ना कुराहरु राख्नबाट चुकेको छ ।
    –दृष्टि साप्ताहिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij