मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

ब्यूर्टी एक्सपर्टका कुराः आलुको बोक्राका ९ भिन्न प्रयोग, सायदै थाहा होला तपाईंलाई

  • प्रकाशित मिति : मङ्लबार, माघ ११, २०७३



  • गर्मीमा निस्कँदा तपाईंको छाला डढेको छ, कुनै किराले टोकेको छ ? अब चिन्ता लिनु पर्दैन । ब्यूटी एक्सपर्ट निक्की बाबाका अनुसार यस्तो प्रकारको सबै समस्याको समाधान हो – आलूको बोक्रा । आलूको बोक्रा छालाजन्य समस्याका साथै क्लिनिङ र गार्डनिङमा पनि सहयोग गर्न सक्छ । आउनुहोस्, यसबारे जानकारी लिऔंः

    छाला घाममा डढेको छ भने आलूको बोक्रालाई सबैभन्दा पहिले फ्रिजमा राख्नुहोस् । जब यो चिसो हुन्छ तब यसलाई प्रभावित छालामा लगाउनुहोस् । पोलिरहेको छाला र जलनका कारण भएको रातो छालामा कमी आउनेछ ।

    अनुहारमा आलूको बोक्रा रगड्दा डेड स्किन सेल्स हट्छ जुन छालालाई स्वस्थ राख्न निकै आवश्यक हुन्छ । यसो हुँदा नयाँ स्किन सेल्सको वृद्धि हुन सहयोग गर्दछ ।

    नङ भाँच्चिएको छ भने त्यसमा आलूको बोक्रा राखेर त्यसलाई ब्यान्डेजले बाँधिदिनुहोस् । यसको एन्टिब्याक्टेरियल गुणले संक्रमण हुँदैन र नङ छिट्टै बढ्छ ।

    आँखाको वरिपरि सुन्निएको छ भने आलूको बोक्रलाई केही बेरसम्म राख्नुहोस् । सुन्निएको कम हुन्छ ।

    कुनै पनि किराले टोकेको छ र चिलाइरहेको छ भने त्यसमा पनि आलूको बोक्राले रगड्नुहोस् । दिनमा तीन÷चारपटक गर्नुभयो भने राहत पाउनुहुन्छ ।

    कुनै वस्तुमा खिया लागेको छ भने तयसमा आलूको बोक्रा रगड्नुहोस् । यसमा हुने एसिडले खिया सफा हुन्छ ।

    झ्यालको सिसालाई सफा गर्नु छ भने आलूको टुक्रा सबैतिर दल्नुहोस् । त्यसपछि एउटा भिजेको कपडाले पुछ्नुहोस् । सिसा चम्कन्छ ।

    आलूको बोक्रालाई माटोमा मिसाउँदा यसले बोट–बिरुवा राम्रोसँग बढ्न सहयोग गर्दछ ।

    चाँदीको गहना वा भाँडा प्रयोग गर्दा गर्दै कालो हुनसक्छ । यसलाई सफा गर्नका लागि आलूको बोक्रा रगड्नुहोस् । यसले हराएको चमक फिर्ता हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij