प्रकाशित मिति : मङ्लबार, माघ ११, २०७३
काठमाडौं । संसदीय समितिमा सामाजिक स्वास्थ्य विमा विधेयक, २०७३ को मस्यौदा प्रस्तावमाथि छलफल सुरु भएको छ ।
व्यवस्थापिका संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिको मंगलबारको बैठकमा सामाजिक स्वास्थ्य विमा विधेयक २०७३ को मस्यौदा प्रस्तावमाथि छलफल सुरु भएको हो ।
विधेयकमा सामाजिक स्वास्थ्य विमाद्धारा स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच पु¥याउने उद्देश्य राखिएको छ । बैठकमा विधेयकको उद्देश्यमाथि प्रकाश पार्दै राष्ट्रिय स्वास्थ्य विमा कार्यक्रमका कार्यकारी निर्देशक गुणराज लोहनीले स्वास्थ्य विमा गरिव तथा विपन्न वर्गलाई स्वास्थ्य पहुँच पु¥याउने सरकारको नीति अन्तरगत आएको स्पष्ट पारे । उनले सबै नागरिकलाई उपचारका लागि सहज पु¥याउन विमा सम्बन्धि अवधारणाको विकास गरिएको पनि स्पष्ट पारे ।
सरकारले २५ वटा जिल्लामा स्वास्थ्य विमा सम्बन्धि कार्यक्रम संचालन गर्दै आएको छ । कार्यकारी निर्देशक लोहनीले राष्ट्रिय स्वास्थ्य विमा कोषको स्थापना गरी कोष संकलन हुने व्यवस्था गरिएको पनि स्पष्ट पारे ।
बैठकमा बोल्दै समितिकी सभापति रञ्जु झाले सबैलाई स्वास्थ्य सेवामा सहज पु¥याउने गरी स्वास्थ्य सम्बन्धि विमाको व्यवस्था गर्नुपर्ने भएकाले प्रस्तावित विधेयकमा वृहत छलफल गर्नुपर्नेमा जोड दिइन् ।
विधेयकमा स्वास्थ्य विमा कार्यक्रममा आवद्ध हुनु सबै नागरिकको कर्तव्य भएको उल्लेख गर्दै उनीहरुको आर्थिक हैसियत अनुसार सेवा सुविधा दिने प्रतिवद्धता समेत जनाइएको छ ।
बाइट
सरकारले स्वास्थ्य स्थितिमा सुधार ल्याउन आवश्यक्ता देखिएको उल्लेख गर्दै सामाजिक स्वास्थ्य विमा विधेयक, २०७३ को मस्यौदा संसदमा पेश गरेको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij