शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

भोजपुरमा बिनाअनुमति सयौँ सिसी क्यामेरा

  • प्रकाशित मिति : मङ्लबार, माघ ११, २०७३



  • भोजपुर । सिसी क्यामेरा जडान कार्यविधि विपरीत भोजपुर जिल्लाका विभिन्न स्थानमा सिसी क्यामेरा ९सिसीटिभी० जडान गरिएका छन् ।

    सुरक्षाका दृष्टिकोणले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र सिसी क्यामेरा जडान, सञ्चालन गर्नुपर्ने नियम गृह मन्त्रालयले बनाएको भए पनि नियमको पालना कसैले नगरेको पाइएको हो ।

    अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न विद्युतीय उपकरणको प्रभावकारिता बढाउने तथा सिसी क्यामेराको प्रयोगलाई प्रोत्साहन र व्यवस्थित गर्ने उद्देश्यले सिसी क्यामेरा जडान एवम् सञ्चालनसम्बन्धी कार्यविधि, २०७२ ल्याइएको थियो ।

    सिसी क्यामेरा जडान गर्ने पक्षले क्यामेरा जडान गर्ने कम्पनीको नाम, जडान गर्न लागिएको क्यामेरा, क्यामेराको स्टोरेज क्षमता, स्टोरेज अवधि, जडान गर्ने स्थान, सङ्ख्या, जडान गर्नुपर्ने कारण, सिसी क्यामेरा हेर्ने वा निगरानी गर्ने व्यक्ति र संस्थाको नाम उल्लेख गरेर सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ ।

    तर हालसम्म कुनै पनि व्यक्ति वा संस्थाबाट निवेदन नपरेको र स्वीकृति प्रदान नगरिएको जिल्ला प्रसासन कार्यलयका सूचना अधिकारी राजन पाण्डेले जानकारी दिए ।

    भोजपुरमा मात्र बैंक, वित्तीय संस्था, बोर्डिङ स्कुल र निजी प्रयोजनका लागि विभिन्न पसलमा गरी सयभन्दा बढी सिसी क्यामेरा जडान गरिएको हुनसक्ने अनुमान गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij