बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

बाढीपीडितलाई अस्थायी टहरा निर्माणमा सहयोग

  • प्रकाशित मिति : बुधबार, माघ १२, २०७३



  • cfkmg} z}nLdf 3/ lgdf{0f em/Lsf] k|jfx gu/L gofF 3/ lgdf{0fdf Jo:t uf]/vfsf] y'dL ufla; cd{nfsf e"sDk k|efljt . ;/sf/n] cg'bfg /sd ljt/0fdf l9nfO u/]kl5 kLl8tn] cfkmg} z}nLn] 3/ agfpg yfn]sf 5g . tl:a/ M k|zGg kf]v/]n, uf]/vf, /f;;

    दमक । इजरायलमा बस्दै आएका झापालीले झापाको शिवसतासीस्थित चिल्लागढका बाढीपीडितलाई अस्थायी टहरा निर्माणमा सहयोग प्रदान गरेका छन् ।

    बाढीपीडितको बसोबासका लागि झापा–इजरायल सम्पर्क समाजले दुई लाख २० हजार बराबरको भौतिक सामग्री उपलब्ध गराएको थियो । समाजले बाढीपीडितलाई २० बन्डल जस्तापाता, १५ बोरा सिमेन्ट, ४२ थान ट्रस्ट पिलर, तीन थान ट्वाइलेट सेट, दुई थान ट्युबवेल उपलब्ध गराएको थियो ।

    गत साउनको दोस्रो सातादेखि कन्काई नदीको कटानबाट त्यस क्षेत्रका सात घरपरिवार पूर्णरुपमा विस्थापित भएका थिए । विस्थापित भएपछि ती बाढीपीडित स्थानीय कन्काई सिँचाइ आयोजनाको क्षेत्रमा पर्ने सैनिक बस्तीमा अस्थायी टहरा निर्माण गरी बस्दै आएका छन् । मङ्गलबार समाजले एक कार्यक्रम गरी बाढीपीडितका लागि निर्मित जस्तापाता सहितको संरचनाको हस्तान्तरण गरिएको अस्थायी टहरा निर्माण अभियानका संयोजक होम गौतमले जानकारी दिए ।

    यसैबीच, अस्थायी टहरामा बस्दै आएका बाढीपीडितले तत्कालको बसोबासको समस्या टरेको भए पनि आफूहरुलाई खाद्यान्न सङ्कट भएको गुनासो गरेका छन् । विस्थापित तुलसी तिम्सिनाले अघिल्लो वर्ष लगाएको धानबाली समेत सम्पूर्ण कटान भएपछि आउने मङ्सिर सम्मका लागि के खाने भन्ने समस्या जटिल बन्दै गएको गुनासो गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij