प्रकाशित मिति : बुधबार, माघ १२, २०७३
बर्दिवास । ह्विलचेयरबाटै मेची—महाकाली यात्रामा निस्केका शारीरिक अपाङ्गता भएका २३ वर्षीय दिनेश रावलले मङ्गलबार महोत्तरीको बर्दिवासबाट पूर्वको यात्रा बढाएका छन् । महाकालीबाट गत पुस ४ गते यात्रा सुरु गरेका रावलले मङ्गलबार ३७औँ दिनको यात्रा बर्दिवासबाट पूर्वका लागि बढाएका हुन् ।
सोमबार बर्दिवासमा रावलले अपाङ्गता भएकाले पनि मुलुकका लागि योगदान गर्नसक्ने सन्देश प्रवाह गर्नु आफ्नो यात्राको उद्देश्य भएको सञ्चारकर्मीलाई बताए । पश्चिम नेपालको कैलाली पथरैया—८ का रावलले यात्राका क्रममा आपूmले अपाङ्गता भएका व्यक्ति, सामाजिक क्षेत्रमा कार्यरत अगुवा र स्थानीय निकायका प्रतिनिधिसँग छलफल गर्दै अपाङ्गता भएकालाई प्रवाह गरिने सेवासुविधाबारे जानकारी लिने गरेको बताए ।
बर्दिवास आइपुग्दा रावलले यहाँका अपाङ्गसम्बद्ध सङ्घसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी र अन्य सामाजिक सङ्घसंस्थाका प्रतिनिधिसँग अपाङ्गता भएकाको सामाजिक, आर्थिक र शैक्षिक अवस्था र आवश्यकताबारे अन्तरक्रिया गरेका थिए । मेची पुल पुगेर यात्रा समापन गर्ने निधो गरेका रावलले आपूmले अहिलेसम्मको यात्राका क्रममा आम जनता मुलुकको राजनीतिक अवस्थाबाट अत्यन्त चिन्तित पाएको प्रतिक्रिया दिए ।
ह्विलचेयर यात्री रावललाई उनका आफ्नै गाउँका साथी २५ वर्षीय गणेश परियारले यात्रामा साथ दिएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij