बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

सुन्दरीजलमै खानेपानीको अभाव

  • प्रकाशित मिति : बुधबार, माघ १२, २०७३



  • काठमाडौँ । उपत्यकामा सबैभन्दा बढी पानी उत्पादन गर्ने वाग्मतीको मुहानस्थल सुन्दरीजल क्षेत्रमा १५ दिनदेखि खानेपानी सेवा अवरुद्ध भएको छ ।

    गोकर्णेश्वर नगरपालिकाको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको वाग्मती नदीबाट निस्कने पानी नै उपत्यकामा सबैभन्दा बढी वितरण हुँदै आएकामा पुस अन्तिम सातादेखि धारामा पानी नआएको स्थानीय रामकुमार श्रेष्ठले बताए ।

    “यहाँबाट उपत्यकामा ठूलाठूला पाइपमा पानी वितरणका लागि लगिएको छ, यो क्षेत्रमा भने हामी बेला बेलामा पानी पाउँदैनौँ, घरमुनिबाट पाइपमा पानी जान्छ, हामी वाग्मती नदी, कुवा वा ढुङ्गेधारामा पानी खोज्न जान बाध्य छौँ, यसपटक १५ दिनदेखि पानी आएको छैन”– उनले भने ।

    मेलम्चीको पानी सुरुङबाट ल्याएपछि सुन्दरीजलमै प्रशोधन गरी उपत्यकामा वितरणका लागि प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सुन्दरीजल पानीको राजधानी भए पनि यहीँ पानी खान नपाइएको स्थानीयवासीको दुःखेसो छ ।

    हाल उपत्यकामा दैनिक ३७ करोड ५० लाख लिटर खानेपानीको माग रहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता सुरेश आचार्यले जानकारी दिए ।

    “उपत्यकाका सबै स्रोतबाट गरी हाल १३ करोड लिटर पानी मात्र उत्पादन भइरहेको छ, सुक्खा मौसम सुरु भएकाले उत्पादन अझै घट्दै जानेछ, सुन्दरीजल क्षेत्रमा भने अहिले छ दिनमा एकपटक पानी वितरण भइरहेको छ, उपत्यकामा सबैभन्दा बढी पानी यही उत्पादन हुन्छ”– उनले भने ।

    सुन्दरीजल प्रशोधन केन्द्रबाट दैनिक दुई करोड १० लाख लिटर पानी उत्पादन हुन्छ । बोरिङ समेत गरी यस क्षेत्रबाट पाँच करोड लिटर पानी दैनिक उत्पादन हुने गरेको काठमाडौँ उपत्यका खानपानी लिमिटेड महाँकालचौर शाखा प्रमुख उमेशबाबु मरहट्ठाले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij