बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

‘महिलाको हकमा नेपालले निकै फड्को मारेको छ’

  • प्रकाशित मिति : बुधबार, माघ १२, २०७३



  • काठमाड । सभामुख ओनसरी घर्तीसँग मोरिससका पूर्वराष्ट्रपति एवं वर्ल्ड लिडरसिप एलायन्स क्लब दि म्याड्रिडका उपाध्यक्ष कासाम उत्तिमको नेतृत्वमा नेपाल भ्रमणमा रहेका टोलीले शिष्टाचार भेट गरेको छ ।

    सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बुधबार बिहान भएको भेटमा उनीहरुबीच द्वन्द्व समाप्तिपछि समाजका सबैपक्षलाई कसरी समान अवसर दिएर अघि बढ्न सकिन्छ भन्नेबारेमा अनुभव आदान–प्रदान भएको थियो ।

    भेटका अवसरमा सभामुख घर्तीले नेपालको संविधानका प्रमुख विशेषताकाबारेमा जानकारी गराउँदै कठिन अवस्थालाई पार लगाएर नेपालले अब विकास र समृद्धिको बाटो तय गरिसकेको बताइन् ।

    सो अवसरमा पूर्वराष्ट्रपति कासामले महिलाको हक, अधिकार स्थापित गर्ने कार्यमा नेपालले निकै फड्को मारेकोमा त्यसको प्रशंसा गरेको सभामुख घर्तीले राससलाई जानकारी दिइन् ।

    कासामले भने–‘संसारका विकसित भनेका देशमा पनि तपाइँहरुकोजस्तो महिलाको हक स्थापित हुन सकेको छैन, महिलाका कतिपय हकलाई अझैपनि उनीहरुले स्वीकारेको कुरा पनि परिणामले देखाउँदैन ।’

    उक्त क्लबले विश्वभरका अल्पसंख्यक समुदाय जो पछि परेका छन्, उनीहरुलाई विकासको प्रवाहमा ल्याउन कसरी अघि बढाएर अवसर दिलाउने भन्ने सन्दर्भमा राज्य र अरु निकायसँग मिलेर काम गर्दै आएको छ ।

    १० वर्षको सशस्त्र द्वन्द्वबाट नेपाल पनि भर्खरै शान्ति–प्रक्रियामा अघि बढिरहेको अवस्थामा पछि परेका तथा विगतको द्वन्द्वबाट प्रभावित समुदायलाई के–कसरी सम्बोधन गर्न सकिन्छ भन्ने आफ्नो अनुभव बाँड्न तथा त्यसका लागि मिलेर कार्यक्रम बनाएर काम गर्न चाहेको कुरा पनि टोलीले सभामुखसमक्ष जानकारी गराएको छ ।

    शान्ति–प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने सिलसिलामा थुप्रै मेहनत गरेको, सबैखाले कठिनाइलाई पार गरेर एउटा प्रक्रियामा अघि बढ्दै नेपालको शान्ति–प्रक्रिया यहाँ आइपुगेको हुँदा अब सरासर हिँड्ने बाटो तय गरिसकेको सो अवसरमा सभामुखले टोलीलाई जानकारी गराइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij