निलम ओली , दाङ । पाण्डवेश्वर शिव मन्दिर दाङ जिल्लाको दक्षिण भागमा रहेको छ । यस स्थल पाण्डवेश्वर मन्दिर , धारपानी मन्दिर र शिव मन्दिरको नामले पनि पारीचीत छ । पाण्डवेश्वर मन्दिर दाङ जिल्लाको सदरमुकाम घोराही देखी जम्मा ९ कि मि दक्षिण भागमा धर्ना गाबिसमा पर्ने सुन्कोट पहाडको फेंदीमा धारपानी भन्ने ठाउँमा रहेको छ ।
यहाँ पुग्न दाङ जिल्लाको सदरमुकाम घोराही देखी दाङ क्याम्पस -पनौरा -गहिरागाँउ -कर्जाही -गुरुवागाँउ हुँदै बबइ नदी पार गर्नु पर्छ ।
यो मन्दिर दाङको धार्मिक पर्यटनको लागि महत्वपूर्ण सम्पदा बनेको छ । यस स्थलमा शिवरात्रीको दिन र रात्रीमा ठुलो मेला लाग्दछ । यहाँ प्रतेक दिन रुद्री र गायत्राी मन्त्रले हवन गर्ने गरिन्छ । यस मन्दिरमा बिश्वकै ठुलो त्रिसुल निर्माण गरिएको छ जस्को उचाइ ५५.५ फिट अग्लो र जमिनमुनी १६ फिट चौडाइ र गहिराइ गाडीएको छ ।
त्रिसुल निर्माणमा ७७१८ के. जि फलाम , २२६ . ३६० के. जि तामा , १० किलोग्राम काँस , २०५ किलोग्राम पित्तल प्रयोग गरिएको छ । सुन र चाँदीको पारीमाण भने खुलाईएको छैन ।

यो त्रिसुल बनाउदा करीब ८७ लाख लागत लागेको मन्दिरका अध्यक्ष गणेश अधिकारीले बताउनु भयो । मन्दिर परिसरमा करिब ३० हेक्टर जमीन रहेकोे अध्यक्ष अधिकारीले बताउनुभयो । मन्दिरमा पहिले भन्दा धेरै बिकास भएको र बाँकी धेरै नै बिकास हुने क्राममा रहेको अधिकारीले बताउनु भयो ।
उहाँका अनुसार त्रिसुल निर्माणका क्राममा बिभिन्न किसिमका सामाजिक , राजनीतिक, ब्यबहारिक एव धार्मिक अबरोधहरु खप्नु परेको थियो । पर्यटन मन्त्रालय र दाताहरुको सहयोगमा यहाँ बिभिन्न संरचनाहरु निर्माण भएका छन ।
संरचनाहरु दाता रकम
१) ॐ पोखरी प्रमोद घिमिरे ३० लाख
२) १०८ ढुङगेधारा १०८ दाता २५ लाख
३) गणेश मन्दिर छबी नारायण गिरी ( घोराही )
फलित बहादुर बस्नेत ( तुल्सिपुर ) १५ लाख
४) १०८ शिवलिङ

१०८ दाता १९ लाख
-१०८ शिवलिङ को बिचमा पशुपतीनाथ शंकर गौतम १ लाख

५) शिव पोखरी ६ लाख
६) १०८ भर्र्याङ् (सी.डि ) पर्यटन बिभाग _
७) पाँचवटा धारा टिकाराम के सि _
८) चौतारा निर्माण स्व. दण्डपाणीका ६ छोराहरु ६० हजार
९) लक्ष्मी नारायण मन्दिर माधव पन्थी र
डा. जनार्दन पन्थी १० लाख ५० हजार
१०) यज्ञशाला निर्माण स्व. हितानन्द शर्मा ४० हजार सहयोग
११) निकाशद्वारको भर्र्याङ् (सी. डि )
र चौतारामा ईन्टरलक ब्लक पर्यटन बिभाग ५ लाख
१२) पण्डाल ( ट्रस्ट ) निर्माण नारायण अधिकारी (घोराही ट्राफिक ) _
१३) मन्दिर अगाडिको पार्क निर्माण नारायण अधिकारी (सौडियार अघरा) _
१४) मन्दिर अगाडिको ईन्टरलक ब्लक शंकर गौतम १ लाख ५ हजार
१५) प्रतीक्षालय निर्माण ललित श्रेष्ठले आमाको सम्झनामा _
१६) हनुमान मन्दिर गिरिराज खड्का (घोराही) _
१७) गायत्रीमाताको मन्दिर स्थापना हुँदै लक्ष्मण गुप्ताको परिवार _
१८) दानदाता स्तम्ब – अन्दाजी ३ लाख
१९) त्रिसुल दानदाताबाट करीब ५७ लाख
पर्यटन बिभाग १५ लाख
८७ लाखमा निर्माण
२०) ५१ किलोको घण्टस्तम्भ तयार हुँदै बिष्णु पुनको परिवार _