प्रकाशित मिति : शुक्रबार, माघ १४, २०७३
प्युठान । प्युठानको दाङबाङ–३ कोलेबोटमा हिजो बेलुकी जेसिबी दुर्घटना हुँदा सडकछेउमा बसीरहेका ३ जनाको मृत्य भएको छ भने ६ जना घाइते भएका छन्
।
मृत्यु हुनेमा जे.सि.बी.का परिचालक स्थानिय १८ बर्षका दीपक गाहा,२३ बर्षका शेषकान्त आचार्य र १३ बर्षका ज्ञानेन्द्र बहादुर गाहा रहेका छन् । दुर्घटनामा उनीहरुको घट्नास्थलमै मृत्यु भएको हो ।
सोही दुर्घटनामा घाइते भएका ६ जनालाई भने उपचारको लागि बुटवल तर्फ ल्याइएको छ । ना १ ख ३३१९ नम्बरको जे.सि.बी. हिजो बेलुकी ७ बजे अनियन्त्रित हुँदा सडकछेउमा रहेका उनीहरुमाथी पल्टिएको थियो ।
दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको स्थानीय प्रहरीले जानकारी दिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij