आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पाल्पामा स्वास्थ्य चौकीलाई एक रोपनी जग्गा दान

  • प्रकाशित मिति : शुक्रबार, माघ १४, २०७३



  • पाल्पा । पाल्पा जिल्लाको भुवनपोखरी गाविस–२ निवासी जगबहादुर दर्लामीले भुवनपोखरी स्वास्थ्य चौकी खोप क्लिनिकलाई जग्गा दान गरेका छन् ।

    भुवनपोखरी गाविस–२ मा रहेको १५२० कित्ता नम्बरको एक रोपनी जग्गा स्वास्थ्य चौकीको नाममा विहिबार नामसारी भएको मालपोत कार्यालयका प्रमुख नवराज बरालले बताए ।

    स्वास्थ्य चौकी राख्नका लागि उपयुक्त जग्गा किन्न पनि नपाएपछि आफूले दिएको दर्लामीले बताए । “मानव जीवनको सबैभन्दा संवेदनशील अवस्था स्वास्थ्य भएको र समयमै उपचार गर्न नपाए ज्यान पनि जान सक्छ, त्यसैले पनि राज्यले दिन खोजेको सुविधाबाट यहाँका नागरिक वञ्चित नहून् भन्ने उद्देश्यले आफूले जग्गा उपलब्ध गराएको हो”, उनले भने ।

    मालपोत कार्यालयका प्रमुख नवराज बरालले सरकारी कार्यालयका लागि व्यक्तिले निःशुल्क जग्गा उपलब्ध गराएमा मालपोतबाट पनि निःशुल्क पास गरिदिने व्यवस्था रहेको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij