मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

आठ वर्ष देखि डाक्टर वेपता

  • प्रकाशित मिति : शुक्रबार, माघ १४, २०७३



  • जाजरकोट । एकदिन कुनै कर्मचारी कार्यालय आएनन भने सेवाग्राही कति मर्कामा पर्छ होला ? तर जाजरकोटको जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्य सहायक डाक्टर धनिकलाल यादव ८ वर्षदेखि सम्पर्कविहीन छन् । उनको धेरैपटक खोजी भएपनि उनी सम्पर्कमा नआउँदा समस्य भएको अस्पतालले वताएको छ ।

    ‘सप्तरी घर भएका छैठांै तहका स्वास्थ्य सहायक यादव २०६५ देखि अस्पतालको सम्पर्कमा आएका छैन् । वषौदेखी न उनलाई कारवाई हुन्छ न त सम्पर्कमा आउँछन् अनाआवयक दरवन्दी आगटेर वसेका छन्’ जिल्ला स्वास्थ्य प्रमूख धिरजंग शाहले वताए ।

    जिल्ला स्वास्थ्य कार्यालयले ‘उनलाई कारबाही र सरुवाका लागी धेरै पटक ताकेता गरेपनि कुनै सुनुवाई भएको छैन् ।

    उनलाई हाजिर हुन आउनेबारे घर ठेगानामा पटक–पटक ताकेता गर्दा पनि नआएपछि ४ पटक गोरखापत्रमा सार्वजनिक सूचनासमेत प्रकाशित गरिसकिएको छ ।

    यादवलाई कानुनी अड्चनले कारबाही हुन नसकेको प्रमुख शाहको भनाई छ । यादवलाई अन्य कुनै कारबाही नभएपनि ८ वर्षयताको तलब भने नखुवाएको उनको भनाई छ । ‘यादवलाई कारबाही वा सरुवा गरेर अर्को स्वास्थ्यकर्मी पठाउन सम्बन्धित निकायमा माग गरेका छौं,’ उनले भने ।

    डाक्टर यादवले कारबाही भोग्दा सेवा सुविधा नपाइने भन्दै राजीनामा स्वीकृत गराउन शक्तिकेन्द्र धाउने गरेको अस्पताल स्रोतले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij