मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

मेलुङमा शल्यक्रिया सहितको निशुल्क आँखा शिविर सेवा शुरु

  • प्रकाशित मिति : शनिबार, माघ १५, २०७३



  • बिक्रम कार्की , दोलखा । दोलखाको दक्षिणी क्षेत्र मेलुङ गाविसमा शल्यक्रिया सहितको निशुल्क आँखा शिविर सेवा शुरु भएको छ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका बरिष्ठ नेत्र विशेषज्ञ डा. ईन्द्र प्रसाद ढुङ्गेलको नेत्रित्वमा काठमाडौबाट आएको टोलीले ४ दिनसम्म निशुल्क सेवा प्रदान गर्नेछन ।

    नेपाली काङ्ग्रेसका नेता एबम् डाडाखर्क गाविसका जननिर्वाचित गाविस अध्यक्ष स्व. बल बहादुर तामाङको स्मृतिमा बल बहादुर तामाङ स्मृति प्रतिष्ठानले नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राबिधिक सहयोग र ह्यान्स फर नेपालको समन्वयमा शल्यक्रिया सहितको निशुल्क आँखा शिविर संचालन गरेको प्रतिष्ठानका संरक्षक बर्मा लामाले बताए ।

    आँखाको समस्या भई आर्थिक कमजोरीका कारण राजधानी उपचार गर्न जान नसक्ने धेरै बिरामीहरुका लागी निशूल्क आँखा शिविरले सहयोग पुर्याउने लामाले जानकारी दिए । शिविरमा दोलखाका डाडाखर्क, मेलुङ, ध्याङ, भेड्पु, मालु, शहरे र रामेछापका फुलासी, डडुवा गाबिसका बिरामीहरुले उपचार गराएका छन् ।

    शल्यक्रिया गर्नुपर्ने बिरामीलाई खाना, बस्न र संभब भएसम्म निबासमा पुर्याउने ब्यवस्था समेत रहेको आयोजकले जनाएको छ । शिबिरको पहिलो दिन माघ १४ गते ८० जना बिरामीले उपचार गराएका छन् तिमध्ये २० जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको छ । शल्यक्रिया भने १५  गतेबाट हुने ह्यान्स फर नेपालका अध्यक्ष कुमार अधिकारीले बताए । शिविर माघ १७ गते सम्म चल्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij