प्रकाशित मिति : शनिबार, माघ १५, २०७३
रुकुम । रुकुमको भलाक्चा गाविसमा आज दिउँसो घर भत्कँदा एक बालकको मृत्यु भएको छ ।
भलाक्चा–९ लहुँका दलबहादुर परियारको घर भत्कँदा उनका छ वर्षीय छोरा वीरबहादुर परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घर भत्कँदा बालकको टाउको र छातीमा चोट लागेको थियो । शुक्रबार दिनभरी परेको पानी घरमा चुहिएर घर भत्केको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घरका अरु मानिसहरु बाहिर रहेको भएपनि उनी घर नजिकै रहेकाले घर भत्किँदा च्यापिएको बताइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij