बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

घोडेपानीका होटल चिनियाँ पर्यटकले भरिभराउ

  • प्रकाशित मिति : आइतवार, माघ १६, २०७३



  • म्याग्दी । म्याग्दीको घार गाविस–१ मा पर्ने प्रसिद्ध पर्यटकीयस्थल घोडेपानीका होटल चिनियाँ पर्यटकले भरिभराउ भएका छन् ।

    पर्यटन व्यवसायका हिसाबले अफसिजन मानिने हिजोआज नयाँ वर्ष मनाउने चिनियाँ पर्यटकको चापसँगै घोडेपानीका होटल भरिभराउ भएका हुन् ।

    विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत पर्ने घोडेपानीमा दैनिक २०० जनाको अनुपातमा चिनियाँ पर्यटक भित्रिएका स्थानीय होटल व्यवसायी टेकसर वुद्धुजा पुनले बताए ।

    ‘नयाँ वर्षको बिदा मनाउन आएका चिनियाँ पर्यटकका कारण बेसिजन भए पनि व्यवसाय राम्रो भएको छ,’ घोडेपानीस्थित स्नो भ्यू लजका सञ्चालन पुनले भने, ‘शुक्रबार हिउँ परेपछि भ्रमणमा आएका पर्यटक उत्साहित भएका छन् ।’

    पदमार्गको भ्रमणमा आएका पर्यटक हिउँ खेल्न पाउँदा दङ्ग परेका छन् । घोडेपानीमा रहेका २३ वटा सुविधासम्पन्न होटल चिनियाँ पर्यटकले खचाखच भरिएका छन् । एक सातासम्मका लागि होटल बुक भएका व्यवसायीले बताएका छन् ।

    पुनहिल, घोडेपानी, देउराली क्षेत्रमा दुई फिटसम्म बाक्लो हिउँ परेको छ । हिउँ खेल्दै सेताम्मे बनेका डाँडाकाँडाको दृष्यावलोकन गर्न पाउनु थप आकर्षण बनेको छ ।

    शनिबार बिहान २०० भन्दा बढी पर्यटक पुनहिल पुगेका थिए । हिउँ खेलेर रमाइलो गर्नका लागि कतिपय पर्यटकले घोडेपानी बसाइँ थपेका छन् । पोखरालगायतका सहरबाट आन्तरिक पर्यटक पनि हिउँ खेल्न घोडेपानी, पुनहिल पुगेका छन् । पुनहिल सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि प्रसिद्ध छ ।

    कास्कीको नयाँपुल, घान्द्रुक र म्याग्दीको भुरुङ तातोपानी हुँदै घोडेपानीमा बास बस्न पुग्ने पर्यटकका लागि पुनहिल प्रमुख गन्तव्य हो । समुद्री सतहबाट तीन हजार २१० मिटरको उचाइमा अवस्थित पुनहिलबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेलगायतका करिब २० वटा हिमशृङ्खलाको रमणीय दृष्य अवलोकन गर्न सकिन्छ ।

    ईमेज च्यानलबाट  साभार्

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij