प्रकाशित मिति : आइतवार, माघ १६, २०७३
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टोखाको ग्राण्डी अस्पतालमा उपचाररत नेकपा (मसाल) का महासचिव मोहन बिक्रम सिंहलाई भेटी उनको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् । 
आइतबार बिहान अस्पताल पुगेर प्रधानमन्त्रीले कम्युनिष्ट आन्दोलनको अग्रज नेता सिंहलाई भेट गरेका हुन् ।
भेटमा प्रधानमन्त्रीले नेता सिंहको उपचारमा सरकारले आवश्यक सहयोग गर्ने बताए ।
सुगर, फोक्सोमा पानी लगायतका समस्याका कारण विगत चार दिनदेखि ग्राण्डी अस्पतालमा उपचाररत ८१ वर्षीय सिंहको उपचारपछि स्वास्थ्यमा राम्रो सुधार आएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij