प्रकाशित मिति : सोमवार, माघ १७, २०७३
काठमाडौँ । कर्मचारी प्रशिक्षण प्रतिष्ठान (पिटिए) जावलाखेलको कार्यकारी निर्देशकमा नियुक्त भएका शैलेन्द्र गिरीले सोमबार आफ्नो पदबहाली गरेका छन् ।
खुला प्रतिष्पर्धाका आधारमा मन्त्रिपरिषदले माघ १४ गतेको निर्णयानुसार प्यूठानका गिरीलाई आगामी पाँच वर्षे कार्यकालका लागि सो पदमा नियुक्त गरेको हो । कर्मचारी प्रशिक्षण प्रतिष्ठान मुलुकभरका सहायक स्तरका निजामती कर्मचारीका लागि तालिम प्रदान गर्ने संस्था हो ।

पदबहाली गर्दै नवनियुक्त कार्यकारी निर्देशक गिरी प्रतिष्ठानको दीर्घकालीन हितका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने बताए । ‘‘कर्मचारीको ज्ञान, सीप र क्षमता अभिवृद्धिमा प्रतिष्ठानलाई केन्द्रित गरिनेछ” गिरीले भने ।
२०६६ सालमा स्थापित प्रतिष्ठानले हालसम्म झण्डै १३ हजार सहायक स्तरका कर्मचारीलाई तालीम प्रदान गरेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij