बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

दोश्रो युवा वैज्ञानिक सम्मेलन सम्पन्न

  • प्रकाशित मिति : मङ्लबार, माघ १८, २०७३



  • काठमाडौं । युवा वैज्ञानिक तथा प्राविधिकहरुलाई देशभित्रै आफ्नो क्षमता र दक्षताको सदुपयोग गर्न तथा नव प्रतिभाहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले “हाम्रा वैज्ञानिकः हाम्रो शक्तिः हाम्रो आशा” को मूलनारा सहित त्रिभुवन विश्वविद्यालय, व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट)को मुख्य आयोजना र ब्रेनीक्यूव रिसर्च अर्गनाइजेशन तथा नेपाल पोलिमर इन्टिच्यूटको सह आयोजनामा माघ १५ र १६ गते किर्तिपुरकोे भौतिकशास्त्र केन्द्रिय विभागमा दोश्रो युवा वैज्ञानिक सम्मेलन सम्पन्न भएको छ ।
    देशबाट यूवा वैज्ञानिकहरुको विदेश पलायन भइरहेको सन्दर्भमा नीति निर्माता तथा प्राज्ञहरुमा यस सम्मेलनले सरकारलाई आवश्यक सुझाव दिन सक्ने आशा रिकास्टका कार्यकारी निर्देशक प्रा.डा. रामेश्वर अधिकारीले राखेका थिए ।
    कार्यक्रमको उद्घाटन पूर्व विज्ञान,प्रविधि तथा वातावरण मन्त्री गणेश साहले गरेका थिए भने नेपाल यूवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले कार्यक्रमको उपदेयिता बारे प्रकाश पारेका थिए ।
    नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का सदस्य सचिव बुद्धि रत्न खड्गी, त्रिभुवन विश्वविध्यालय, विज्ञान तथा प्रधानमन्त्रीका वैज्ञानिक सल्लाकार डा.रविन्द्र प्रसाद ढकाल, त्रि.वि भौतिक शास्त्र विभागका प्रमुख प्रा.डा. बिनिल अर्याल लगायतले यूवा वैज्ञानिकको वर्तमान भूमिका र महत्व बारे प्रकाश पारेका थिए ।
    सम्मेलनको प्राविधिक सत्रमा विश्व प्रजातान्त्रिक यूवा महासंघका पूर्व उपाध्यक्ष तथा नेपाल अध्ययन केन्द्रका अनुसन्धानविद तथा सामाजिक अभियन्ता योगेन्द्र शाहीले “मानव विकास, वैज्ञानिक आविष्कार, यूवा तथा सामाजिक न्याय” विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
    नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण भएपनि अपेक्षित उपलव्धि हुन नसक्नुमा यूवा वैज्ञानिकहरुको चिन्ता एवं. यसका सावधानको उपाय वारे छलफल गरिएको थियो ।
    सम्मेलनको दोश्रो दिन शेख इद्रिस शिक्षा विश्वविध्यालय मलेसियाका प्रा. रामली मुस्तफाले विद्यार्थी तथा युवा वैज्ञानिकहरुलाई समयको तालमेल मिलाई आफ्नो लक्ष्यमा अघि बढ्न आवहन गरे । त्यस्तै नास्टका प्राज्ञ डा. दिनेश राज भूजुले नेपालमा प्रतिभाहरुको कमि नभएपनि उनिहरुलाई अवसरको अभाव रहेको बताए ।
    कार्यक्रमको समापन समारोहमा विज्ञानका विभिन्न विधामा यान्त्रिक तथा सैद्धान्तिक एवं. व्यवहारिक अनुसन्धानको विषयमा सफल हुने प्रतियोगीहरुलाई पुरुस्कार तथा प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij