आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

उपचार नपाएर क्यान्सरबाट एक महिलाको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, माघ १८, २०७३



  • रुकुम । क्यान्सर रोगका कारण रुकुममा एक जनाको मृत्यु भएको छ ।

    जिल्लाको भलाक्चा–४ कि ४० वर्षीया धनमाया बुढाको क्यान्सरका कारण मृत्यु भएको आफन्तले जानकारी दिएका छन् । दुई महिनादेखि पेटको क्यान्सरबाट पीडित बुढाको आइतबार साँझ मृत्यु भएको हो ।

    आर्थिक अभाव हुँदा पेटमा क्यान्सर भएपनि उनको उपचार हुन सकेको थिएन । उपचार गराउने पैसा नभएपछि आफन्तले गाउँमा धामीझाँक्री लगाएको मृतकका श्रीमान् देवीराम बुढाले जानकारी दिए ।

    उपचारको लागि सहयोग माग्दै जिल्लाका सबै ठाउँमा पुगेपनि कसैले सहयोग नगर्दा श्रीमतीको मृत्यु भएको देवीरामले गुनासो गरे ।

    देविराम पनि प्यारालाइसिसबाट पीडित छन् । आमाको मृत्यु र बुबा प्यारालाइसिसबाट पीडित भएपछि चार छोराछोरी बिचल्लीमा परेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij