आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एक सयभन्दा बढी नयाँ कुष्ठरोगी फेला

  • प्रकाशित मिति : मङ्लबार, माघ १८, २०७३



  • बर्दिया । कुष्ठरोग निवारण अभियानअन्तर्गत यही माघ १० गतेदेखि हालसम्म जिल्लामा एक सय जना कुष्ठरोगी फेला परेका छन् ।

    कुष्ठ रोग निवारणका लागि सञ्चालित अभियानअन्तर्गत बर्दियामा सोमबारसम्म एक सय २० नयाँ कुष्ठरोगी फेला परेकामा २७ जनामा एमबी र ९० जनामा पिबी प्रकार देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । तीन जनाको भने विस्तृत रुपमा जाँच गर्न बाँकी रहेको बताइएको छ । तीमध्ये नौ जना बालबालिका रहेको कार्यालय प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिए ।
    यससँगै जिल्लामा अब कुष्ठरोगको औषधि सेवन गरेकाहरुको सङ्ख्या दुई सय ४० पुगेको बताइएको छ । बाँके सबैभन्दा धेरै कुष्ठरोगी भएको जिल्ला मानिन्छ । धनुषा र बर्दियामा पनि धेरै कुष्ठरोगी छन् ।

    सरकारले सन् २०२० सम्म ७५ वटै जिल्लाबाट कुष्ठरोग निवारण गर्ने उद्देश्यले बाँके र बर्दियामा नयाँ कुष्ठरोगी खोज्न सुरु गरेको छ । कुष्ठरोग निवारण अभियानअन्तर्गत घरदैलो कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij