बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

बहिरालाई सवारीचालक अनुमतिपत्र प्रदान गर्न माग

  • प्रकाशित मिति : मङ्लबार, माघ १८, २०७३



  • काठमाडौ । सर्वोच्च अदालतको आदेशअनुसार सवारी ऐन २०४९ संशोधन गरी बहिरा नागरिकहरुलाई पनि सवारीचालक अनुमतिपत्र प्रदान गर्न राष्ट्रिय बहिरा महासंघ नेपालले माग गरेको छ ।

    बहिराहरुका लागि सवारी चालक अनुमतिपत्र ऐन संसोधन संघर्ष समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै सम्मानित सर्वोच्च अदालतले २०६९÷१२÷२९ मा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ४७ मा संसोधन गरी प्रतिबन्धात्मक वाक्याङश संशोधन गर्न र बहिरा नागरिकहरुलाई सवारी चालक अनुमति पत्र उपलब्ध गराउन सरकारलाइ निर्देशनात्मक आदेश दिएको बताएको छ ।

    सर्वोच्च अदालतको फैसला अनुसार व्यवस्थापिका संसदबाट सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ४७ को प्रतिबन्धात्मक वाक्यांश हटाइ ऐन संशोधन भई २०७३÷०६÷१८ मा राजपत्रमा प्रकाशित समेत भएको छ ।
    तर, पनि सम्बन्धीत कार्यालयमा सवारी चालक अनुमतिपत्र लिन जाँदा बिभागबाट परिपत्र नआएको भन्दै नदिने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij