आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मेलम्चीको पाइप बिच्छ्याउने काम तीव्रगतिमा

  • प्रकाशित मिति : बुधबार, माघ १९, २०७३



  • काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत काठमाडौँ उपत्यकामा खानेपानीको पाइप गाड्ने काम तीव्र गतिमा अगाडि बढेको छ ।

    मेलम्चीको खानेपानी उपत्यकावासीको घरघरमा पु¥याउने जिम्मा पाएको मेलम्ची खानेपानी आयोजना–२ आयोजना कार्यान्वयन निर्देशनालयले दैनिक ५० स्थानमा पाइप विच्छ्याउने काम गरिरहेको छ ।

    निर्देशनालयका प्रबन्धक नन्दबहादुर खनालले काठमाडौँ उपत्यकाका भित्री सडकमा ६७० किलोमिटर पाइप बिच्छ्याउने भएपनि हालसम्म ५३० किलोमिटर पाइप बिच्छ्याइ सकिएको जानकारी दिए । उनले भने, “दैनिक एकहजार २०० देखि एकहजार ३०० कामदारले पाइप बिच्छ्याउने काम गरिरहेका छन् ।

    निर्देशनालयले अहिले नयाँ सडक, नयाँ बानेश्वर, ठमेल, मङ्गलबजार, वाग्मती किनारालगायतका स्थानमा काम भइरहेको जनाएको छ भने खुशीबु, कालीमाटी, बल्खु, कुलेश्वरलगायतका स्थानमा काम नै सुरु भएको छैन ।

    मेलम्चीबाट टनेल हुँदै सुन्दरीजल आउने पानी त्यहाँ प्रशोधन भइसकेपछि उपत्यकाका ११ वटा मुख्य ट्याङ्कीमा बाँडेर घरघरमा पु¥याउने काम गरिन्छ । मुख्य ११ स्थानमा पु¥याउन मुख्य लाइन ६१ किमी खन्नुपर्ने भएपनि हालसम्म मुख्य लाइन ३८ किमी मात्र सकिएको खनालले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij