बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

ट्रकले स्कुटीलाई ठक्कर दिँदा दुई महिला गम्भीर घाइते

  • प्रकाशित मिति : बुधबार, माघ १९, २०७३



  • दाङ । घोराहीमा बुधबार ट्रकले स्कुटीलाई ठक्कर दिँदा दुई महिला गम्भीर घाइते भएका छन् । घाइते दुबै शिक्षिकाको थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

    घोराही–६ निवासी ३० वर्षीया वसन्ता गौतम र सोही ठाउँ निवासी ३६ वर्षीया सिर्जना भट्ट सवार स्कुटीलाई ट्रकले ठक्कर दिएको थियो । घाइतेमध्ये गौतमलाई टाउकामा र भट्टलाई ढाडमा चोट लागेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिउका छन्।bus-accident

    दुवै जना जनज्योति बोर्डिङ स्कुलका शिक्षिका हुन् । सरस्वती पूजाका लागि जाँदै गर्दा उनीहरु सवार स्कुटीलाई ट्रकले ठक्कर दिएको थियो । भट्टले स्कुटी चलाएकी थिइन् । घाइतेको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टर चार्टर गरेर काठमाडौँको ग्रान्डी हस्पिटल लगिएको प्रहरीले जानकारी दिएको छ ।

    बुधबार घोराही–१० दामोदर चोक नजिकै सब्जी मन्डीबाट तरकारी बोकेर जाँदै गरेको लु१ख ६८९३ नंको ट्रकले उनीहरु सवार रा२प ८९६३ नंको स्कुटीलाई मोडमा ठक्कर दिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij