बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

भूतपूर्व सैनिक सम्मेलनको तयारी पुरा

  • प्रकाशित मिति : बिहिबार, माघ २०, २०७३



  • काठमाडौँ । जीवनको महत्वपूर्ण ऊर्जावान् समय, मुलुकको हित र विश्वशान्तिका लागि खर्चिएका भूतपूर्व सैनिकको धनगढीस्थित तेघारी ब्यारेकमा शुक्रबार हुने यसपटकको सम्मेलनको तयारी पुरा भएको छ ।

    सम्मेलनमा सुदूरपश्चिम क्षेत्रका नौ जिल्लाका करिब दुई हजार भूपू सेनाका एकल महिला र आश्रित परिवारले भाग लिने नेपाली सेनाले जनाएको छ ।

    नेपाली सेनाले कल्याणकारी योजनालाई भूपू सैनिक र तिनका आश्रित परिवारको घरदैलोसम्म पु¥याएर सेवालाई प्रभावकारी तुल्याउन पाँचवटै विकास क्षेत्रमा सम्मेलनमार्फत उनीहरुको रायसुझाव सङ्कलन गर्दै आएको छ ।

    नेपाली सेनाले अघिल्लो पटक पनि धनगढीबाट भूपू सैनिक सम्मेलनको थालनी गरेको थियो । कल्याणकारी योजनाअन्तर्गत लघुवित्त, शिक्षा, स्वास्थ्य र स्वरोजागारमूलक तालिमलाई प्राथमिकतामा राखेर अभियान चलाउँदै आएको छ ।

    यसपटकको सम्मेलनमा सेनाले लघुवित्त कार्यक्रमअन्तर्गत सहुलियत ब्याजदरमा ऋण लिएर उत्कृष्ट नमुना व्यवसाय सञ्चालन गर्नेमध्येबाट पुरस्कृत गर्ने कार्यक्रम समेत बनाएको छ ।

    मुलुकभर भूपू सैनिकको सङ्ख्या ६५ हजारको हाराहारीमा छ । नेपाली सेनाले क्षेत्रगत रुपमा सञ्चालन गरेको सेवा प्रवाह केन्द्र (इपीसेन्टर)मार्फत भूपूलाई सबै सेवा सुविधा प्रदान गर्ने व्यवस्था मिलाएको छ ।

    उमेर र पाखुरामा बल छउन्जेल मुलुकको राष्ट्रिय सुरक्षा सङ्गठनमा पसिना बगाएका सैनिकले सेवानिवृत्त भएपछि आर्थिक अभावले पिरोलिएर चौकीदारका लागि हारगुहार गर्नुपर्ने र परिवार पाल्नका लागि खाडी मुलुकतर्फ लाग्नुपर्ने बाध्यात्मक स्थितिको अन्त्य गरी जीवनस्तरमा सुधार ल्याउन नेपाली सेनाले कल्याणकारी योजनालाई शिष्ट र प्रभावकारी तुल्याउने कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij