प्रकाशित मिति : बिहिबार, माघ २०, २०७३
चितवन । चितवनको जिल्ला कारागार भरतपुरमा कैद भुक्तान गरिरहेका एक कैदीको आज मृत्यु भएको छ ।
नुवाकोट जिल्ला छत्रे आरुखर्क–४ का ब्रेन ट्यूमर भएका २३ वर्षीय बादल शाहीको आज बिहान करिब ६ बजेको समयमा मृत्यु भएको जिल्ला कारागार चितवनका प्रमुख कमल काफ्लेले जानकारी दिए ।
उनका अनुसार ब्रेन ट्यूमर भई क्यान्सर अस्पतालमा उपचारका लागि काठमाडौँबाट गत मङ्सिर २८ गते चितवनमा ल्याइएका उनको आज मृत्यु भएको हो । चोरीलगायत विभिन्न मुद्दामा १८ लाख ८४ हजार जरिवाना तिर्न नसक्दा उनी कैद भएका जनाइएको छ ।
उनको अहिलेसम्म आफन्तसमेत सम्पर्कमा नआएको जेलर काफ्लेले जानकारी दिए । आजै मुचुल्का उठाएर शवपरीक्षणका लागि भरतपुर अस्पताल पठाइने उनले बताए । यहाँ हाल क्यान्सर लागेका सातजना बिरामी उपचाररत छन् । भरतपुर कारागारमा अहिले क्षमताभन्दा झन्डै तेब्बर बढी अर्थात पाँचसय ९० जना कैदी र थुनुवा छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij