प्रकाशित मिति : शुक्रबार, माघ २१, २०७३
गुल्मी । गुल्मीको ऐतिहासिक चारपाला दरवार क्षेत्रमा प्यागोडा शैलीको शिवालय मन्दिर निर्माण गरिएको छ ।
आर्थिक बर्ष २०७२र ७३ को लागि संस्कृति तथा पर्यटन मन्त्रालय बाट छुट्याइएको ६ लाख, पुरातत्व बिभागबाट ४ लाख र स्थानीय बिकास मन्त्रालय बाट ३ लाख गरि कुल १३ लाख शिवालय निर्माणमा खर्च गरिएको छ । त्यसैगरि चारपाला श्रीमतभागवत महायज्ञ २०६७ बाट ७५ हजार, शिवपुराण महायज्ञ २०६९ बाट ८० हजार र विभिन्न चन्दादाताबाट सङ्कलित रकम ४ लाख ८३ हजार गरि कुल १९ लाख ३८ हजारमा जिर्णोद्वार गरिएको समितिका अध्यक्ष रुद्रबहादुर बुचाले बताए ।
जिर्णोद्वार गरिएको मन्दिरमा चारवटा कलात्मक ढोका, आँखीझ्याल लगाएत छ्न् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij