प्रकाशित मिति : शुक्रबार, माघ २१, २०७३
काठमााडै । नेपाल टेलिकमले आफ्नो तेह्रौँ वार्षिकोत्सवको अवसरमा प्रभातफेरी निकालेको छ । काठमाडोको बसन्तपुरबाट निकालिएको प्रभातफेरी न्यूरोडगेट, वीर अस्पताल, जमल, घण्टाघर, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग र भद्रकाली हुँदै कम्पनीको केन्द्रीय कार्यालय पुगेर सम्पन्न भएको थियो ।
सो अवसरमा टेलिकम राष्ट्रको सञ्चार, ग्राहक सेवामा समर्पित, राष्ट्र निर्माण हाम्रो लक्ष्य, नेपाल टेलिकम जनताको टेलिकम, सेवामा विविधता महसुलमा पारदर्शिता जस्ता कम्पनीका सेवाहरुसँग सम्बन्धित विभिन्न नारा अंकित प्लेकार्ड प्रदर्शन गर्नुका साथै सेवासँग सम्बन्धित सामग्रीहरु प्रसारण गरिएको थियो ।

समापन कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले गुणस्तरीय सेवा प्रदान गरी ग्राहक सन्तुष्टि वृद्धि गर्ने कार्यमा एकतावद्ध भई लाग्न सम्पूर्ण कर्मचारीहरुलाई आग्रह गरिन् । यस्तै गरी कम्पनीले शुक्रबार नै आयोजित एक कार्यक्रममा गत आ. व. २०७२-७३ मा काठमाडौं क्षेत्र अन्तर्गत कम्पनीका सेवाहरुको सबैभन्दा बढी कारोबार गर्ने विक्रेताहरु र बढी बिल भुक्तानी गर्ने ग्राहकहरुलाई सम्मान गरेको छ ।
कम्पनीको तर्फबाट उहाँहरुलाई काठमाडौं क्षेत्रीय निर्देशनालयका निर्देशक श्यामप्रसाद शुक्ला अधिकारी, प्रमुख मानव संशाधन अधिकृत रविन्द्र झा, प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्य र प्रमुख व्यावसायिक अधिकृत प्रदीपराज उपाध्यायले सम्मान गरेका हुन् ।


सो अवसरमा कम्पनीका रिचार्ज कार्डको सबैभन्दा बढी कारोबार गर्ने ६ जना बिक्रेतालाई सम्मान गरिएको थियो । नेपाल टेलिकमले शनिबार (२०७३ माघ २२ गते) तेह्रौँ वार्षिकोत्सव मनाउँदै छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij