आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा वेष्ट प्वाइन्ट च्याम्पिएन

  • प्रकाशित मिति : शनिबार, माघ २२, २०७३



  • म्याग्द । बेनीमा सञ्चालित तेस्रो राष्ट्रपति रनिङ शिल्ड अन्तर मावि स्तरीय छात्ररछात्रा खेलकुद प्रतियोगितामा बेनीको न्यु वेष्ट प्वाइन्ट आवासिय मावि च्याम्पिएन बनेको छ ।

    यो बर्ष संगै लगातार तिन पटक सम्म जिल्लामा आयोजना भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको च्याम्पिएन बन्न सफल वेष्ट प्वाइन्टले रनिङ शिल्डलाई पच गराउन सफल भएको छ । माघ १८ गतेदेखि बेनीमा सञ्चालन भएको प्रतियोगिता अन्र्तगत एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, टेकबान्डो लगायतका प्रतिस्पर्धाबाट कुल २६० अंक सहित वेष्ट प्वाइन्ट बिजयी हुन सफल भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

    प्रतियोगितामा १२६ अंक सहित माउण्ट एभरेष्ट आवासिय मावि द्धितिय र ११० अंक सहित महेन्द्ररत्न मावि बरंजा तितृय हुन सफल भएका छन् । प्रतियोगितामा प्रथम हुन सफल वेष्ट प्वाइन्टलाई नगद रु ८० हजार रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ भने द्धितिय र तितृय हुन सफल विद्यालयहरुलाई क्रमश नगद रु ४५ हजार र ३० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो ।

    त्यसैगरि प्रतियोगिता अन्र्तगत एथलेटिक्स तर्फ ४ स्वर्ण जित्न सफल वेष्ट प्वाइन्टकी दिपा कार्की, भलिबलमा महेन्द्र रत्न माविका दुर्गाबहादुर थापा, कबड्डीमा प्रभा मावि नारच्याङका भविन पुर्जा उत्कृष्ट खेलाडिहरुको रुपमा सम्मानीत भएका छन् ।

    जिल्ला स्तरको प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुलाई छनौट गरि क्षेत्रीय र राष्ट्रिय स्तरको खेलमा सहभागि गराइने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । मंगलबारदेखि सुरु भएको प्रतियोगितामा ४२ वटा विद्यालयले सहभागिता जनाएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij