बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

शिशुको मृत्युपछि पाटन अस्पतालमा तनाव

  • प्रकाशित मिति : शनिबार, माघ २२, २०७३



  • काठमाडौं । गत माघ १७ गते राजधानीको धापासीकी प्रमा थकालीलाई प्रसव व्यथा लागेपछि ललितपुरको पाटन अस्पतालमा भर्ना गरियो । प्रमाले सोहि अस्पतालमा गर्भ बसेसँगै चेकजाँच गराउँदै आएकी थिइन् ।
    अस्पतालमा भर्ना भएसँगै सोहि दिन उनले दुई शिशुको जन्म दिइन् । प्रमाकी सासु अनिताका अनुसार पहिलो बच्चालाई अस्पतालले भ्याकुम प्रयोग गराएर निकालेको थियो भने दोस्रो बच्चा त्यसको केहि मिनेटपछि सामान्य अवस्थामै जन्मिएको थियो ।
    यद्यपी जन्मिँदै पहिलो बच्चाको टाउकोमा सामान्य चोट देखिएको उनको भनाई छ । चोटकै कारण बच्चालाई आइसियुमा १२ राखिएको थियो भने एन्टिबायटिक पनि चलाइएको थियो । १२ घण्टापछि सामान्य वार्डमा सारिएको बच्चा शुक्रबार पुन एकाएक सिकिस्त हुन पुगेका थिए ।
    सिकिस्त बच्चालाई पुनः आइसियुमा राखेपछि चिकित्सकहरुले बच्चाको अवस्था जटिल रहेको भन्दै जे पनि हुन सक्ने जवाफ दिएका थिए । तर, आफन्तले अस्पतालको लापरबाहीले सामान्य अवस्थामा आइसकेका बच्चा एकाएक बिरामी भएको आरोप लगाउँदै हाइडोजको औषधि प्रयोग गरिएकै कारण सो अवस्था आएको आरोप लगाए । अनिताले सामान्य अवस्थाको बच्चालाई अस्पतालले लापरबाही ढंगले हाइडोजको औषधि चलाएकै कारण यस्तो अवस्था भएको दाबी गरिन् ।
    बच्चाको अवस्था जटिल बनेपछि आइसियुमा राखिँदा चिकित्सकहरुले गम्भीर भएर उपचार गर्नुको साटो उल्टै अब बच्चाको आस गर्न नसकिने भन्दै हतोत्साहित बनाउने काम गरेको अनिताले बताइन् । अस्पतालकै लापरबाहीले एकाएक बच्चा सिरियस भएको र हतोत्साहित पनि गराउने काम भएपछि आफूले स्वास्थ्य मन्त्रालयमा कार्यरत आफन्तलाई फोन गरेर सबै घटना सुनाएको र मन्त्रालयबाट अस्पतालमा फोन गरिएपछि गम्भीर भएर उपचार थालिएको उनको भनाई छ । तर, आइसियुमा उपचारकै क्रममा शिशुको शुक्रबार राती ११ः५० मा मृत्यु हुन पुग्यो ।
    ‘मन्त्रालयबाट अस्पतालमा फोन गएछ, त्यसपछि बच्चाको अल्ली केयर गरिएपछि मृत्यु भयो’, उनले रातोपाटीसँग भनिन्, ‘अस्पतालकै लापरबाहीले मृत्यु भएको हो, घटनाको छानबिन नभएसम्म हामी शब बुझ्दैनौं ।’
    उनका अनुसार अस्पतालका प्रमुखले शब बुझेर लैजान भन्दै तीब्र दवाव दिएका दिइरहेका छन् । तर घटनाको छानबिन र दोषीमाथि कारबाही नभएसम्म शब नबुझने उनको भनाई छ । घटना रहस्यमय भएको भन्दै उनले भनिन्, ‘मन्त्रालयको फोनपछि अस्पताल प्रशासन गम्भीर त भयो । अघिसम्म शिशु नबाँच्ने भन्ने डाक्टरहरुले राती साढे १० बजेसम्म अवस्था सुधारोत्मुक रहेको बताएका थिए ।’
    उनका अनुसार अर्को बच्चा र आमाको अवस्था सामान्य रहेको छ भने उनीहरुलाई डिस्चार्ज गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij