बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

आज विश्व क्यान्सर दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

  • प्रकाशित मिति : शनिबार, माघ २२, २०७३



  • काठमाडौं । आज विश्व क्यान्सर दिवस । ‘म सक्छु, हामी सक्छौं’ भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर मनाईदैछ ।
    क्यान्सर रोगीको संख्या बढ्दै गईरहेका बेला यसको रोकथामको उपायको खोजी गर्दै नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी वर्षेनी विश्व क्यान्सर दिवस मनाउने गरिएको छ ।
    यसै अवसर पारेर सरकारले क्यान्सर रोग निवारणका लागि विशेष कार्यक्रम ल्याउने घोषणा पनि गर्दै आएको छ ।
    क्यान्सर दिवसकै अवसर पारेर काठमाडौंमा शनिवार विहान साईकल र्याली निकालिएको छ । क्यान्सर विरुद्धको जनचेतना जगाउने उद्देश्यका साथ साईकल ¥याली निकालिएको हो ।
    साईकल ¥यालीमा सहभागीहरुले क्यान्सर रोग लाग्नै नदिन सचेत रहन पनि सबैमा अपिल गरेका छन । नेपालमा वर्षेनी १५ हजार क्यान्सर रोगको कारण मृत्यु हुने गरेको सरकारी तथ्यांक छ ।
    नेपालमा सबै भन्दा बढि फोक्सोको क्यान्सरको रोगी रहेको चिकित्सकहरुले बताएका छन । उनीहरुले खानपान र वातावरणको उचित ध्यान दिन नसक्दा यो रोग लागेका विरामीको संख्या बढदै गएको पनि स्पष्ट पारेका छन ।
    ध्रुमपान, मध्यपान नगरे तथा चिल्लो खानेकुरा नखाई दैनिक व्यायाम गरे क्यान्सरको जोखिम कम हुने चिकित्सकहरुले बताएका छन । खानपानमा ध्यान पु¥याउन सके मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम गर्न सकिने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij