प्रकाशित मिति : आइतवार, माघ २३, २०७३
धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाको दोलालघाट गाविसका तीन सय ८५ भूकम्पपीडित घरधुरीका लागि खानेपानी आयोजना उपलब्ध गराइने भएको छ ।
त्यहाँका छ वटा वडाका बासिन्दालाई खानेपानी उपलब्ध गराउने उद्देश्यले करिब एक करोड ९२ लाखको योजनामा शनिबार सम्झौता भएको छ ।
सम्झौतामा दाताबाट करिब एक करोड ४० लाख, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय काभ्रेबाट १२ लाख ३७ हजार र उपभोक्ता समितिबाट स्थानीय जनश्रमदान करिब ४० लाख ८१ हजार व्यहोर्ने जनाइएको छ ।
आयोजना नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाको समन्वयमा डेनिस रेडक्रस कन्सल्टिएमको आर्थिक सहयोगमा निर्माण हुने भएको हो । “हामीले त्रिपक्षीय रुपमा आयोजना सम्झौता गरी कामलाई अगाडि बढाउने प्रतिबद्धता जाहेर गरिसकेका छौँ”, नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोकका सभापति रघुवीर चौप्रधानले भने – “अब यही आर्थिक बर्षको मसान्तभित्रमा तपाईंहरुले खानेपानी उपभोग गर्न पाउनुहुनेछ ।”
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij