शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

जलवायु यन्त्र बिग्रँदा मौसम परिवर्तनबारे अनभिज्ञ

  • प्रकाशित मिति : आइतवार, माघ २३, २०७३



  • डडेल्धुरा  । तापक्रम तथा मौसमका बारेमा सूचित गर्ने अन्मा मिटर (यन्त्र) बिग्रँदा जलवायु परिवर्तनसम्बन्धी जानकारीवारे डडेल्धुरावासी अनभिज्ञ छन् ।

    हावापानी फिल्ड कार्यालय डडेल्धुरामा रहेका सो अन्मा मिटर विगत एक वर्षदेखि बिग्रिएका छन् । जलवायु नाप्ने वा त्यसका बारेमा सूचना दिने अन्मा मिट मर्मत हुन नसक्दा विपद् एवम् मौसमको पूर्वानुमानको सूचना सर्बसाधारणलाई दिन नसकेको हावापानी फिल्ड कार्यालय डडेल्धुराले जनाएको छ ।

    विपद्को उच्च जोखिम मानिएको यो जिल्लामा हावापानी तथा जलवायु पविर्तनसम्बन्धी पूर्वजानकारी गराउने अन्मा मिटर खराब भएको एक वर्षसम्म मर्मत हुन नसक्दा समस्या उत्पन्न हुन सक्ने महेन्द्र माविका शिक्षक अशोक बमले बताए ।

    हुरीबतासको मौसम आउनै लाग्दा पूर्वजानकारी गराउन सक्ने अन्मा मिटर खराबका कारण पूर्वानुमान गर्न नसकिने कार्यालयले जनाएको छ । हावापानीसँगै तापक्रम मापनमा सहयोग पु¥याउने अन्मा मिटर बिग्रँदा डडेल्धुराको तापमान पनि यकिन गर्न कार्यालयलाई समस्या हुने गरेको फिल्ड कार्यालय डडेल्धुराका निमित्त अधिकृत श्याम सुनारले बताए ।

    बिग्रेको एक वर्षसम्म अन्मा मिटर बन्न नसक्दा सबैभन्दा बढी असर जलवायु परिवर्तनको प्रभाव मापन हुन नसकेको हावापानी फिल्ड कार्यालय डडेल्धुराका निमित्त अधिकृत सुनारले बताए ।

    मिटर बिग्रेको सम्बन्धित निकायमा परिपत्र गरेको एक वर्षसम्म बजेटको अभाव देखाई बन्न सकेको छैन, निमित्त अधिकृत सुनारले भने — मिटर मर्मतका लागि करिब रु दुई लाखसम्म खर्च लाग्ने अनुमान छ भने नयाँ खरिद गर्न करिब रु पाँच लाखसम्म खर्च लाग्न सक्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij