आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्युठानमा छोरीहरुले गरे बाबुको सामुहिक ‘काजक्रिया’

  • प्रकाशित मिति : आइतवार, माघ २३, २०७३



  • प्युठान । हिन्दुहरु धर्मावलम्बीहरुको परम्पराअनुसार बाबुआमाको मृत्यु हुँदा छोराले नै दागबत्ती दिने र काजकिरिया गरेको प्रचलन रहेको पाइन्छ । बाबुआमाको मृत्युपश्चात् छोरीले दागबत्ती दिन हुन्न भन्ने परम्परा अझै पनि यो समाजमा रहँदै आएको छ ।
    तर पछिल्लो समयमा छोरीले पनि आफ्ना बाबुआमाको मृत्यु हुँदा दागबत्ती दिएको विरलै मात्रामा देख्न र सुन्न सकिन्छ । त्यस्तै समाजलाई चुनौती दिँदै उदाहरणीय छोरी बनेका छन् पार्वता आचार्य र उनका बहिनिहरु ।

    प्युठानकि सामाजिक अगुवा महिला अधिकारकर्मि समेत पार्बता आचार्य सहित उनको १ भाइ र ६ बहिनी आफ्नो दिबंगत बुवाको सामुहिक क्रिया बसेका हुन् ।
    हिन्दु धर्म संस्कार अनुसार छोरा मात्र क्रिया बस्नुपर्छ भन्ने मान्यतालाई अस्विकार गर्दै उनिहरु क्रिया बसेका हुन् । आचार्यका ७ भाइबहिनी कोरा भित्र अन्तिम संस्कार कार्यमा बसेका छन ।बाबुलाई दागबत्ती दिने र किरिया बस्ने पार्बता र उनका ५ बहिनी महिला अविवाहित हुन् ।

    प्युठान नगरपालिका १९ खैरा निबासी बृद्ध बुवा चक्रपाणी पौडेलको ८४ बर्षको उमेरमा निधन भएपछि भाइ संगै छोरीहरु पनि क्रीया बसेको पण्डित कृष्ण पौडेलले जानकारी दिए। उनले महिलाहरु किरियाकर्ममा बस्न नपाउने भनि शास्त्रमा कहिँ उल्लेख नभएको उनले बताए ।

    छोराछोरी बराबरी भएको भन्दै बुवाआमाको काजक्रीया छोराहरुले मात्र गर्नुपर्छ भन्ने परम्परागत सोचमा परिबर्तन ल्याउनका लागि आफुहरु बुवाको काजमा बसेको सामाजिक अगुवा पार्बताले बताइन् ।

    सुरुमा आफू मात्रै क्रीया गर्छु भन्दा बहिनीहरुले नमानेपछी सबै जना क्रीया बसेको उनले बताइन ।
    यहि माघ १६ गते निधन भएका पौडेलको २८ गते तेह्र दिनमा सुद्धिकार्य हुने पारिवारिक श्रोतले बताएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij