आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

यो कुरामा आमिरभन्दा पछाडी छन् सलमान र शाहरुख

  • प्रकाशित मिति : सोमवार, माघ २४, २०७३



  • आमिर खान, सलमान खान तथा शाहरुख खान बलिउडका वक्सअफिस पावर हाउस हुन् । वक्सअफिसमा यी तीन खानको फिल्मको प्रदर्शनलाई लिएर सर्वाधिक चर्चा रहने गर्छ ।

    यीनै खानमध्येका आमिरले आफ्ना दुई प्रतिष्पर्दी अभिनेता सलमान र शाहरूखलाई कमाइका हिसाबले डायस्पोरामा पछाडी पारेका छन् । विदेशमा उनको फिल्मको कमाई सलमान र शाहरुखका फिल्मभन्दा धेरै रहेको छ ।

    पाँच वर्ष अगाडीसम्म विददेशी बजारमा शाहरुख खान सबैभन्दा अगाडी थिए तर हाल अवस्था बदलिएको छ । वर्तामानमा आमिर विदेशी बजारबाट सबैभन्दा बढी पैसा कमाउने बलिउड अभिनेता बनेका छन् ।

    पहिला विदेशबाट शाहरूखका फिल्मले ५० देखी ६५ करोड भारूसम्मको पैसा संकलन गर्थे । सिनेमाघर त था बढ्दो बलिउड फिल्मका दर्शकसँगै सो दृश्यमा परिवर्तन आइसकेको छ । आमिरको ‘थ्री इडियट्स’ र सलमानको ‘बडीगार्ड’ले विदेशी बजारको खेल बदलिदियो ।

    विदेशी बजारमा दर्शकहरूको चाप हेर्ने हो भने आमिरको ‘दंगल’लाई ४.५ करोड मानिसले हेरे भने सलमानको ‘सुल्तान’लाई ४ करोड तथा शाहरूखको हालै रिलिज भएको ‘रईश’लाफ २ करोड दर्शकले हेरे । यसबाट आमिरको बलिउड डायस्पोरा बजारको बढ्दो बजारलाई देखाउँछ ।

    आमिर लामोसमयदेखी दर्शकहरू विदेशी बजारमा बढाउन सफल हुँदै गइरहेका छन् । उनका फिल्महरू त्यहाँ ६ देखी ७ हप्तासँग नियमित प्रदर्शन हुने गरेका छन् । आमिरको यो बढोत्तरी कायम रहँदा शाहरूखका फिल्महरू २-३ हप्ता र सलमानका फिल्म ४-५ हप्तामा हलबाट उत्रने गरेको तथ्य देखिएको छ ।

    शाहरूखको ‘रईश’ले विदेशी बजारबाट १५० करोड कमाउने देखिएको छ जबकी आमिरको ‘दंगल’ यसभन्दा धेरै अगाडी रहेको छ । यसरी विदेशमा शाहरूखको फिल्मको सलमान र आमिरको दाँजोमा प्रभाव अपेक्षितरूपले नबढ्नुमा शाहरूखको फिल्म छनौटमा त्रुटि र सँधै एकैखाले फिल्म खेलिरहनु रहेको बलिउड फिल्म व्यापार पंडितहरूको रहेको छ ।

    तालिकामा हेर्नुस कसरी छन् आमिर सलमान र शाहरूख भन्दा अगाडी

    फिल्म भारतमा कारोबार विदेशमा कारोबार इन्टरनेट अधिकार पर्दा कति चल्यो
    दंगल ३८५ २०० १५ ४५०० ६ साता
    पीके ३५० १८० १५ ३५०० ७ साता
    सुल्तान ३०० १५० १५ ४७०० ४ साता
    बजरंगी भाइजान ३३० १७५ १२ ४२०० ५ साता
    रईस १४० १५० १५ ३००० २ साता
    दिलवाले १३५ १५० १५ २७०० ३ साता

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij