बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

चितवन निकुञ्जमा ११ अर्ना स्थानान्तरण, तीनवटा ल्याइँदै

  • प्रकाशित मिति : सोमवार, माघ २४, २०७३



  • चितवन । कोसीटप्पु र चिडियाखानाबाट गरी आजसम्म चितवन राष्ट्रिय निकुञ्जमा ११ वटा अर्ना स्थानान्तरण गरिएको छ । कोसीटप्पु वन्यजन्तु आरक्षबाट दुई भालेसहित १० वटा र जावलाखेलको चिडियाखानाबाट एक गरी ११ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको हो ।

    एउटा भाले अर्ना चिडियाखानाबाट केहीबेरअघि मात्रै निकुञ्ज ल्याइ पु¥याइएको चितवन निकुञ्जका प्रमुख रामचन्द्र कँडेलले जानकारी दिनुभयो । योसँगै आजसम्म निकुञ्जमा तीन भालेसहित ११ वटा अर्ना आइपुगेको छ ।

    पछिल्लो १२ दिनको अन्तरालमा यसरी अर्ना निकुञ्जमा ल्याएर छाडिएको निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए ।

    उनका अनुसार पहिलो चरणमा अरु थप दुई गरेर १२ वटा अर्ना कोसीबाट ल्याइने भएकाले वन्यजन्तु चिकित्सक र प्रविधिज्ञसहितको टोली कोसीटप्पु वन्यजन्तु आरक्षमा आज बिहानैदेखि खटाइएको छ ।

    निकुञ्जले एक भालेसहित तीनवटा अर्ना चिडियाखानाबाट ल्याउने तयारी गरेको अर्र्यालले जानकारी दिए । “पहिलो चरणमा कोसीबाट १२ वटा र चिडियाखानाबाट तीनवटा गरी १५ वटा अर्ना ल्याइने छ,” अर्यालले भने – बाँकी पाँच अर्ना भने पछि अनुकूल समयमा ल्याइने छ ।”

    विसं २०७१ मा नै सरकारले चितवनमा पाँच भालेसहित २० वटा अर्ना चितवन निकुञ्ज ल्याउने निर्णय गरेको थियो । निकुञ्ज विभागले यही माघ १२ गतेदेखि अर्ना स्थानान्तरणको काम सुरु गरेको थियो ।

    कोसीबाट चिडियाखानामा समेत आइतबार मात्रै एउटा भाले अर्ना स्थानान्तरण गरिएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए ।

    “एउटा भाले अर्ना कोसीबाट चिडियाखानामा पनि पठाइयो, अब चिडियाखानामा भएको तीन अर्नालाई चितवनमा ल्याउँदै छौँ, प्रमुख कँडेलले भने – दुवै स्थानमा प्रजनन प्रभावकारी बनाउने उद्देश्य हो ।”

    एक ठाउँबाट अर्को संरक्षित क्षेत्रमा यसरी अर्ना स्थानान्तरण यो नेपालकै पहिलो हो । यसअघि बाह्रसिङ्गे, कृष्णसार, गैँडा र बाघ स्थानान्तरण गरेको अनुभव प्रविधिज्ञहरुलाई छ । चितवन निकुञ्जमा सन् १९६० को दशक अघि अर्ना रहेको र पछि लोप भएको भन्ने भनाइ छ ।

    निकुञ्ज बनेपछि भने यहाँ अर्ना थिएन । कोसीमा डाट गरेर नियन्त्रणमा लिइएको अर्ना यही माघ १४ गते पहिलोपटक चितवन निकुञ्जमा ल्याएर छाडिएको थियो ।

    अर्ना राख्न चितवनको सौराहास्थित पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टरको क्षेत्रफल तयार पारी इन्क्लोजर (तारबारले घेरिएको विशेष क्षेत्र) बनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij