बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

आगलागीमा जलेर दुई बालबालिको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, माघ २५, २०७३



  • बागलुङ  । जिल्लाको अधिकारीचौर–३ घैयाखेत, बगाहस्थित गोठमा आगलागी हुँदा आज एकै परिवारका दुई जना बालबालिका जलेर मुत्यु भएको छ ।

    मृत्यु हुनेमा सात वर्षीय यमलाल विक र तीन वर्षीया सम्झना विक छन् । चुल्होमा बलिरहेको आगो एक्कासी खरले छाएको गोठमा सल्किँदा आगलागी भएको प्रहरीले जनाएको छ ।

    अभिभावक नभएका बेला गोठभित्र बसिरहेका दुवै बालबालिकाको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए ।

    मृतकका आमा पारु विक बिहानै घाँस काट्न बारीमा गएका बेला उक्त घटना भएको हो । विकका श्रीमान् ओमबहादुर विक भने रोजगारीका लागि विदेशमा छन् ।

    विक बालबच्चासहित अस्थायी रुपमा उक्त गोठमा बस्दै आएकी थिइन । घटना भएको ठाउँ नजिकै बस्ती नभएकाले बालबालिकाको समयमै उद्धार हुन नसकेको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij