मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

यी सात कारणले जोसुकैलाई हुनसक्छ थाइराइड, हुनुहोस् सावधान !

  • प्रकाशित मिति : मङ्लबार, माघ २५, २०७३



  • थाइराइड समस्या जो सुकैलाई पनि हुनसक्छ । एन्ड्रोकोनोलोजिस्ट एवं हर्मोन एक्सपर्ट डा. मनुज शर्माका अनुसार जसको परिवारमा यस्तो प्रकारको समस्या कसैलाई समस्या छ भने त्यस्ता व्यक्तिले समयमा नै परिक्षण गराउनुपर्छ । गर्भावस्थामा पनि गर्भमा रहेको शिशु र गर्भवती महिलाको थाइरोइडको परिक्षण गर्न अत्यावश्यक छ । डा. शर्माले यस्तै ७ कारणबारे जानकारी दिँदै छन् जसका कारण थाइराइडको समस्या हुनसक्छ ।

    फेमिली हिस्ट्रिः

    यदि परिवारमा पहिले कसैलाई पनि थाइराइडको समस्या छ भने यसको सम्भावना बढ्न सक्छ ।

    आनुवंशिक कारणः

    कुनै आनुवंशिक गडबडीका कारण पनि बाल्यवस्थादेखि नै थाइराइड ग्ल्याण्डको विकास राम्रोसँग हुन पाउँदैन ।

    गर्भावस्थामा:

    यतिबेला महिलाको धेरै हर्मोन परिवर्तन हुने भएकाले यसले महिला र नवजात शिशुलाई थाइराइड समस्या हुनसक्छ ।

    औषधीको साइडइफेक्टः

    डिप्रेशन, क्यान्सर, मुटुसँग जोडिएका थुप्रै औषधीका साइड इफेक्टका कारण थाइराइडको समस्या हुनसक्छ ।

    आयोडिनबिनाको नुनः

    आयोडिन बिनाको नुनु खाँदा थाइराइडको समस्याको सम्भावना बढाउँछ ।

    रेडियसनः

    क्यान्सरको उपचारको क्रममा केमोथेरापी र रेडिएसनका कारण थाइराइडको समस्या निम्तिन सक्छ ।

    थाइराइड शल्यक्रियाः

    थाइराइड ग्रन्थीको शल्यक्रियापछि पनि थाइराइडको समस्या हुने सम्भावना बढ्ने गर्दछ ।

    थाहा पाउनुहोस् थाइराइडको संकेतः

    थकानः

    तपाईं आलश्य हुनुहुनेछ । कमजोर महसुस हुन्छ र थोरै काम गर्दा पनि थाक्नुहुन्छ भने यो थाइराइडको संकेत हो ।

    कब्जियतः

    थाइराइडले पाचन क्रियामा नकारात्मक असर पुर्याउने गर्दछ । यदि तपाईंलाई धेरैजसो कब्जियतको समस्या छ भने एकपटक डाक्टरलाई अवश्य पनि देखाउनुहोस् ।

    दुखाईः

    मांसपेशीको दुखाई पनि थाइराइडको संकेत हुनसक्छ त्यसकारण बिना कारण धेरैजसो हात, खुट्टा, कम्मर, काँध वा जोर्नीमा दुखाई हुन्छ भने यसलाई नजरअन्दाज नगर्नुहोस् ।

    कपाल र छाला रुखो हुनुः

    थाइराइडको समस्या हुँदा छाला र कपाल रुखो हुन थाल्छ । जसका कारण कपाल झर्ने समस्या अत्यधिक हुन्छ ।

    डिप्रेशन र भुल्ने बानीः

    शरिरमा थायरोक्सिन नामक हर्मोनको स्तर कम हुँदा मुड बिग्रन्छ । कुनै काम गर्न मन लाग्दैन र राती निन्द्रा लाग्दैन । समस्या बढ्दा स्मरणशक्ति पनि कमजोर हुन थाल्छ ।

    पसिना आउनु र जाडो हुनुः

    असर शरिरको मेटाबोलिक रेटमा थाइराइडको प्रत्यक्ष असर पर्दछ । यस्तो अवस्थामा थोरै गर्मी हुँदा अत्यधिक पसिना आउने र थोरै चिसोमा पनि अत्यधिक चिसो हुने गर्दछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij