आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

स्मार्ट फोन चलाउन सक्ने भइसकेका नेपालीले विद्युतिय मेसिनबाट भोट हाल्न सक्छन्ः प्रचण्ड

  • प्रकाशित मिति : मङ्लबार, माघ २५, २०७३



  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालीहरु प्रविधिको प्रयोग गर्ने सवालमा निकै अघि बढिसकेको भन्दै विद्युतिय मेसिनबाट मतदान गर्न कुनै समस्या नहुने विश्वास व्यक्त गरेका छन्

    निर्वाचन आयोगले आगामी चुनावमा विद्युतिय मेसिन प्रयोग गर्नेबारे सुझाव लिन बोलाएको दलीय बैठकमा प्रचण्डले भने, ‘ केहि पहिले हुम्ला पुग्दा स्मार्ट फोनबाट फोटो खिचेको देखेको थिएँ । नेपालीहरु प्रविधिमा पछि छैनन् । स्मार्ट फोन चलाउन सक्ने अवस्थामा पुगेका नेपालीले भोटिङ मेसिन प्रयोग गर्न सक्छन् ।’

    मेसिन प्रयोगबारे आयोग र सरकारले उचित निर्णय गर्ने बताउँदै प्रधानमन्त्रीले २१ औं शताब्दीको विषेशता नै विद्युतिय प्रणली भएकाले यसमा नेपाल पनि जार्नैपर्ने पक्षमा आफू रहेको बताए ।
    विद्युतिय मेसिनको प्रयोगले निर्वाचन स्वच्छ, निश्पक्ष, धाँधलीरहित र प्रभावकारी समेत बन्ने उनको भनाई छ ।

    उनले सरकारले छिट्टै चुनावको मिति घोषणा गर्ने बताउँदै उनले भने, ‘चुनाव हुन्छ सरकारले आयोगलाई तयारी गर्न भनिसकेको छ । अब चुनावबारे कसैले पनि प्रश्न गरिरहनु आवश्यक छैन ।

    उनले आयोगले चुनावको तयारीस्वरप नै आजको कार्यक्रम गरेको पनि बताए ।

    कार्यक्रममा संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरुको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij